काठमाडौं । रनर कम्पनीको लागि नेपालको आधिकारीक वितरक रमन मोटर्सले नेपाली बजारमा एकै पटक ६ मोडलका दुईपाङ्ग्रे सवारी साधन ल्याएको छ ।
शनिवार अटो शोमा प्रदर्शनीमा राखिएको ति बाइकहरु अहिले शोरुममा डिस्प्ले गरिएका छन् । कम्पनीको कान्तिपथ शोरुममा ति बाइकहरु रहेका छन् ।
कम्पनीले रनरका उत्पादन रोडियो, डोमिनेटर, नाइट राइडर, फायरब्लेड१२५, फायरब्लेड १६५ र हवाक मोटरसाइकल ल्याएको हो ।
फायरब्लेड सिरिज
फायरब्लेडमा १६५ सीसी सीडीआई टीवाईएस इन्जिन छ, जसले १० किलोवाट पावर र ११.५ एनएम टर्क प्रदान गर्छ । यसमा १८ लिटरको इन्धन ट्यांकी छ, जसका कारण पटक पटक इन्धन भर्नु पर्ने झन्झट हुँदैन ।
७० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइक अफरोड राइडका लागि उपयुक्त मानिन्छ । ३ कलर भेरिएन्टमा उपलब्ध यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ छ । त्यसैगरि फायरब्लेडमा १२५ सीसीमा पनि उपलब्ध रहेको छ ।
हक–२००
नेपालका अफरोड बाटोमा चलाउन उपयुक्त हुने हक २०० ले ८ किलोवाट पावर र १४ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । बाइक चलाउन सहजतका लागि यसमा सीजी ब्यालेन्सर छ । त्यसैगरी सुरक्षाका लागि दुवैपांग्रामा फराकिलो साइजका डिस्क ब्रेक छन् । यसको मूल्य ३ लाख ५९ हजार रुपैयाँ छ ।
डोमिनेटर २५०
यो बाइकमा ब्यालेन्स सिफ्ट सहितको इन्जिन छ, जसले १६.५ किलोवाट पावर र २० एनएम टर्क उत्पादन गर्छ । यसमा भएको एग्रेसिभ स्पोर्टी लुक्स, स्टाइल र एरोडाइनामिक बडी स्ट्रक्चरका कारण अन्य बाइक भन्दा यो फरक भएको कम्पनीको भनाइ छ । डबल साईलेन्सर सहितको आकर्षक लुक्स भएको यो बाइकको मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ ।
मोटो ११० स्कुटर
रनरले पहिलो पटक ल्याएको यो स्टाइलिस स्कुटरमा ११० सीसीको फोर स्ट्रोक इन्जिन र भेरिएबल स्पिड गियरबक्स छ । यसमा भएको १४ इन्चको रेडियल टायरका कारण स्मुथ तथा अफरोड राइडिङ दुवैमा सहजता हुन्छ ।
यो स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

