सन्नी प्रेमीलाई निशानको गिफ्ट ‘स्पेशल एडिसन’, यस्तो छ कार

निशानले चाडपर्वको मुखमा सन्नीको नयाँ एडिसन सार्वजनिक गरेको छ । भारतीय बजारमा निशान सन्नी स्पेशल एडिसनको मूल्य ८ लाख ४८ हजार भारतीय रुपैयाँ तोकिएको छ । 

निशान सन्नी स्पेशल एडिसनमा कारलाई स्टाइलिस देखाउन ब्ल्याक कलरको रुफ राख्नुका साथै बडी कलर सेतो दिइएको छ । साथै गाडीको पछाडि भागमा स्पोइलर दिइएको छ । 

भित्री इन्टेरिएरलाई आकर्षक बनाउन कालो र रातो रंगमा सिट दिइएको छ । ६.२ इन्चको टचस्क्रिन इनफोटेन्मेन्ट सिस्टम राखिएको छ । 

निशान सन्नी स्पेसल एडिसन निशानकनेक्टसँग पनि जोडिएको छ, जसले कारमा भएको ५० भन्दा बढि विशेषताहरुलाई निशान कार टेक्नोलोजीसँग जोडेको छ । 

यसले भौगोलिक अवस्था, स्पीड अलर्ट, कर्फयू अलर्ट, नजिकको स्टेशन, कार पार्किङ, कार भएको स्थानजस्ता विषयलाई कनेक्ट गर्छ । 

निशान सन्नी स्पेशल एडिसन १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल गरि दुई इन्जिन भेरियन्टमा उपलब्ध छ । यसमा लगाइएको ‘१६ भीएचआर–१५’ पेट्रोल इन्जिनले ९७.६ बीएचपी पावर र १३४ एनएम टर्क उत्पादन गर्छ । यसमा एक्स-ट्रोनिक कन्टिनुअस्ली भेराइएबल ट्रान्समिसन (सीभीटी) जडान गरिएको छ । 

त्यस्तै ‘८ भी, के९के डीसीआई’ डिजेल इन्जिनले ८४.८ बीएचपी पावर र २०० एनएम टर्क उत्पादन गर्छ । 

निशान मोटर इन्डियाका सेल्स एन्ड कमर्सियल डाइरेक्टर हर्दिप सिंह बररले नयाँ एडिसन सार्वजनिक गर्दै निशान सन्नी फ्ल्यागसिप सेडान कार भएकोे बताएका छन् ।  


Back_to_top