काठमाडौं । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रमन मोटर्सले मनसुन अफर ल्याएको छ । विभिन्न आकर्षक योजना सहित कम्पनीले उक्त अफर ल्याएको हो ।
रनरको मनसुन अफर ‘रनरमा सरर, उपहार पर्छ झरर’ नामक योजना मोटरसाइकलको खरिदमा नगद छुट सहित विभिन्न उपहार समेत राखिएको छ । रनरको २ सय सीसीको हक मोटरसाइकलमा २० हजार छुट दिएर उक्त मोटरसाइकल ३ लाख ७९ हजारमा आउने भएको छ ।
त्यस्तै कम्पनीले किङ राइडर १५० सीसी र टर्बो १२५ सीसीमा १५÷१५ हजार रुपैयाँ छ्टको घोषणा गरेको छ । बुलेट १२५ सीसी, काइट प्लस स्कुटर र रोयल प्लस मोटरसाइकलमा १० हजार रुपैयाँ छुट दिएको छ ।
यो योजना सीति अवधिका लागि घोषणा गरिएको छ । यो योजनामा रनरका मोटरसाइकल तथा स्कुटरको खरिदमा रेनकोट तथा हेलमेटसमेत कम्पनीले उपलब्ध गराउने छ ।
यो जना अवधिभर एक्सचेन्ज तथा उत्कृष्ट मूल्यांकन र तत्कालै फाइनान्स समेत गरिने कम्पनीले जनाएको छ ।


