सगरमाथा इन्स्योरेन्सको ‘भीआईपी अन दी स्पट’ले पायो प्रडक्ट इनोभेसन अवार्ड

काठमाडौं । नेपाली बीमा क्षेत्रमा ‘भीआईपी अन दी स्पट’ (भेइकल इन्स्योरेन्स पोलीसी)को सुरुवात गरेर सगरमाथा इन्स्योरेन्स कम्पनीले निकै ठुलो चर्चा पाएको थियो । त्यति बेला कम्पनीले ल्याएको प्रडक्टलाई धेरैले स्टनको रुपमा लिएका थिए । तर, अहिले यही भीआइपी अन दी स्पर्ट पोलीसीले इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड पाएको छ । 

निकै राम्रो प्रडक्ट भन्दै ‘स्पेशल रिकग्नेशन फर प्रडक्ट इनोभेसन इन जनरल इन्स्योरेन्स’ उपाधि दिएको हो । यो प्रडक्ट कम्पनीले २ बर्ष अगाडि सार्वजनिक गरेको थियो । यो बीमा पोलीसी खरिदगर्ने सवारी साधन दुर्घटना भयो भने घटना स्थलमा नै बीमा कम्पनीको मानिस आएर क्षति मूल्याङ्कन र क्षतिपूर्ती हस्तान्तरण गर्ने गरेको कम्पनीले जनाएको छ । 

कहाँ–कहाँपाइन्छ यो सेवा ?

 ‘भीआईपी अन दी स्पर्ट’ सुरुमा उपत्यकामा मात्रै उपलब्ध थियो । अहिले कम्पनीले यसलाई काठमाडौं बाहिरका मुख्य–मुख्य सहरहरूमा पुर्याईसकेको छ । 

‘सुरुमा हामीलाई ग्राहकलाई बुझाउन निकै कठिन भयो, तर अहिले निकै राम्रो रेस्पोन्स पाएका छौ । अहिले त अन्य कम्पनीले समेत नाम फरक भएपनि यस्तै प्रडक्ट ल्याएर काम गरिरहेका छन्’ कम्पनीका सिइओ चंकी क्षेत्रीले मेरोअटोसँग भने । 

कसरी गर्ने दाबी

तपाईलाई कम्पनीले पोलिसी खरिदपछि एउटा भिआइपी कार्ड प्रदान गर्ने छ । जुन कार्ड एटिएम कार्डको साइजमा उपलब्ध हुन्छ । त्यसलाई सवारीधनी वा चालकले आफ्नो पर्समा बोक्न सक्ने छन् । यदि दुर्घटना भएको खण्डमा त्यो कार्ड निकालेर सिधै कम्पनीमा कल गर्न सकिने छ । कम्पनीबाट राति ११ बजेसम्म कुनै दुर्घटना भए खटिने कर्मचारी फिल्डमा पुग्ने ब्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

ग्राहकको साथमा बीमा कम्पनी छ भन्ने महसूस होस् भनेर भीआईपी कार्ड बीमितलाई दिने गरेको कम्पनीको भनाई छ । 

कस–कसले किन्न सक्छन् यो पोलिसी

सुरुदेखि नै कार, जीप, भ्यान, मोटरसाइकलजस्ता साधनलाई कम्पनीले यो पोलिसी बिक्री गर्दै आएको छ । अहिले कम्पनीले ट्याक्सलिाई समेत यो सेवा दिन थालेको छ । निकट भबिष्यमा ठूला सवारीसाधनमापनि यो सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

अहिलेसम्म कति पोलिसी बिक्री भयो ?

 ‘भीआईपी अन दी स्पट’ कार्ड सबै अटो बीमा गर्नेले पाउने छन् । यो तेस्रोपक्ष बीमा मात्रै गर्नेले भने पाउने छैनन् । अहिले सवारीसाधनले अनिर्वायरुपमा बीमालेखको पेपर बोकेर हिँड्नुपर्ने भएकाले यो भीआइपी कार्ड सजिलै पर्समा राखेर हिँड्न सकिन्छ । अहिले करिब ४० हजार कार्ड कम्पनीले इस्यु गरेको जनाएको छ । 


Back_to_top