काठमाडौं । मारुती सुजुकीले सन् २०२० मा पहिलो इलेक्ट्रीक कार बजारमा ल्याउने घोषणा गरेको छ । सुजुकीले टोयोटासँग सहकार्य गर्दै ‘वागेनआर’ इलेक्ट्रीक कार निर्माण गर्ने घोषणा गरेको हो ।
विश्वभर इलेक्ट्रिक कारको बजार बिस्तार भैरहेको अहिलेको अवस्थामा मारुति सुजुकी कम्पनीले ई कार निर्माणलाई प्राथमिकता दिने भएको हो । अहिले मारुति सुजुकीले ग्यासोलीन, हाइब्रिड र सिएनजी मोडलका गाडी निर्माण गर्दै आएको छ ।
कम्पनीले उत्पादन गर्ने इलेक्ट्रीक भेइकलको मूल्य र विशेषताको बारेमा केही खुलाइएको छैन । तर, कम्पनीले जसरी सर्वसाधारणलाई सवारी साधनको पहुँचमा पुर्याएको छ यसले उक्त कार सस्तो मूल्यमा पाउन सकिने अड्कल काट्न सकिन्छ ।