सेकेण्ड जेनेरेशन ब्लेड ब्याट्री १५ प्रतिशत सस्तो हुने

काठमाडौं । बीवाइडीको सिस्टर कन्सर्न फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्रीको सेकेण्ड जेनेरेशन मोडल आउने भएको छ । पहिलो जेनेरेशनभन्दा १५ प्रतिशत मूल्य कम हुने सेकेण्ड जेनेरेसन ब्लेड ब्याट्री सन् २०२५ को पहिलो हाफमा लन्च हुनेछ ।

कम्पनीले ल्याउने नयाँ जेनेरेसन ब्लेड ब्याट्रीमा प्रतिकेजी २१० वाटआवरको इनर्जी डेन्सीटी र ‘सिक्सटीन-सी’सम्मको पिक डिस्चार्ज गर्ने क्षमता रहने छ ।

बीवाइडीले दुई साइजको ब्लेड ब्याट्री ल्याउने भएको हो । छोटो साइजको ब्लेड फर्म्याटको एलएफपी ब्याट्रीमा १६० वाटआवर प्रतिकेजीको इनर्जी डेन्सीटीसँगै ‘एट-सी’ चार्ज रेट रहेको छ ।

कम्पनीको लामो साइजको ब्लेड ब्याट्री २.० मा २१० वाटआवर प्रतिकेजीको इनर्जी डेन्सीटी र एट-सी डिस्चार्ज र थ्री-सी चार्जिङ रेट रहनेछ ।

ब्याट्रीमा बोलिने ‘सी’ले कति छिटो ब्याट्री चार्ज र डिस्चार्ज हुन्छ भन्ने जनाउँछ । सामान्य भाषमा वान-सी भनेको एक घण्टामा ब्याट्री चार्ज हुन्छ भन्ने हो । एट-सी भन्नाले ७.५ मिनेटरमै फुल चार्ज हुन्छ भन्ने बुझिन्छ ।

बीवाइडीले सन् २०२० मा लन्च गर्दा १४० वाट आवरको डेन्सीटी भएको व्लेड ब्याट्री लन्च गरेको थियो । पछि, यसको इनर्जी डेन्सीटी बढाएर १५० वाटआवर प्रतिकेजी पुर्याएको थियो । अब आउन लागेको दोस्रो जेनेरेसन ब्लेड ब्याट्रीको डेन्सीटी २१० किलोवाट आवरको हुनेछ ।


Back_to_top