सिलायन सेभेनको मूल्य ७३ लाख

काठमाडौं । नेपाली बजार बीवाइडीको दोस्रो एसयूभी सिलायन-सेभेनको बिक्री सुरू भएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले आज एक कार्यक्रम बीच सिलायन सेभेनको बिक्री सुरु गरेको हो ।

कम्पनीले यसको सुरुआती मूल्य ७२ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

सिलायन-सेभेन ईभी साइजमा पनि ठूलो छ । यसको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम छ । यसमा २९३० एमएम लामो ह्वीलबेस छ । नेपालमा बिक्री सुरू हुन लागेको सिलायनमा ७१.८ किलोवाट आवरको ब्याट्री प्याक छ ।

बीवाइडीले गत वर्षको नाडा अटो शोमा नै देखाएको सिलायन-सेभेन त्यसको झण्डै ११ महिनापछि बिक्री थाल्न लागेको हो । बीवाइडीको ‘सेल टु बडी टेक्नोलोजी’मा बनेको सिलायन ‘ई प्लेटफर्म ३.० ईभो’मा आधारित छ ।

बीवाइडीले सिलायन-सेभेनमा नयाँ डीसुस सी इन्टेलीजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम, रोडको कन्डिसन बुझ्ने एडाप्टिभ सस्पेन्सन दिएको छ । डी पाइलट १०० ९गड्स आई० एड्भान्स ड्राइभर असिस्ट सिस्टमको साथ आएको सिलायनमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।

सिलयान-सेभेनको इन्टेरियरमा १२८ कलरको एम्बियन्ट लाइटसहितको प्रिमिमय क्याबिन पाउन सकिन्छ । यसमा मसाज फङ्सन सहितको भेन्टिलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्क्रीन छन् ।

त्यसैगरी, भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ ।


Back_to_top