काठमाडौं । न्यू इनर्जी भेहिकल कम्पनी सेरेसले ३४४ मिलियन डलर तिरेर आइटो अटोमोवाइल कम्पनीको ट्रेडमार्क खरिद गरेको छ । चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेको स्वामित्वमा रहेको आइटो ट्रेडमार्क अब सेरेसले प्रयोग गर्ने भएको हो ।
आइटो भनेको एडिङ इन्टेलीजेन्स टु अटो (एआईटीओ) हो । यो ब्राण्डमा हुवावेले धेरै थरीको इन्टेलीजेन्ट टेक्नोलोजीको सफल प्रयोग गरिसकेको छ ।
आइटोमा हुवावेले लाइडार, इन्टेलीजेन्ट ककपीट, हार्मोनी ओएस इन्टेलीजेन्ट ड्राइभिङ सोलुसन र इलेक्ट्रीक मोटर सप्लाई गरिरहेको छ । यो नयाँ डिलसँगै सेरेसले हुवावेबाट अब ९१९ वटा ट्रेडमार्क राइट र ४४ वटा एपिरेन्स प्याटेन्ट प्राप्त गर्नेछ ।
यसअघि आइटो ब्राण्डमा हुवावेको सहायक कम्पनी हार्मोनी इन्टेलीजेन्ट मोविलीटी एलायन्स (हिमा) र सेरेसको पार्टनरशिप रहेको थियो ।
आइटो ब्राण्डमा गत जुनमा मात्रै ४६ हजार १४१ भेहिकल बिक्री भएको छ । त्यसमा आइटोको सबैभन्दा महंगो मोडलको बिक्री संख्या धेरै छ । हुवावे आइटोबाट अलग हुनुका कारण धेरै देशहरु अमेरिका र युरोपियन देशहरुले हुवावेमा लगाएको निषेध मानिएको छ । आइटोबाट हुवावे अलग भएपछि उसका सबै मोडलहरु निर्वाध रुपमा युरोप र दक्षिण अमेरिकी देशहरुमा बिक्री हुनेछ ।
नेपाली बजारमा पनि एमएडब्लू वृद्धि अटोकर्पले सेरेस ब्राण्डका ईभीहरु बिक्री गर्दै आएको छ । आइटो राइट ह्याण्ड ड्राइभ भर्सनमा उत्पादन भएपछि नेपाल पनि आउने एमएडब्लू स्रोतले बतायो ।


