काठमाडौं । एमएडब्लू वद्धिले नेपाल ल्याएको मिनी ईभी सेरेस ई-१ को मूल्य बाहिर आएको छ । यसअघि नै कम्पनीले तीन भेरियन्टमा आउने जानकारी दिएको ई-१ को मूल्य पनि सार्वजनिक भएको हो ।
सहरी क्षेत्रको लागि उपयुक्त ई-१ को सुरुवाती भेरियन्टको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो सर्ट रेन्ज भेरियन्ट हो । यसमा १३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
यही ब्याट्री साइजमा फुल अप्सन ई-१को मूल्य १६ लाख ४९ हजार कायम गरिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी सेरेस ई-१को लङ रेन्ज मोडलको मूल्य १७ लाख ९९ हजार तोकिएको छ । यसमा १६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । यसलाई सिंगल चार्जमा २२० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

