१८ घन्टामा ५० हजार प्रि-बुकिङ भएको हुवावेको एसयूभीमा के छ ?

काठमाडौं । चीनमा बुकिङ खुला भएको १८ घन्टा भित्रै ५० हजार प्रि-बुकिङ पाएको हुवावे र एसएआइसी ग्रुपले बनाएको ‘शाङ्जी एच-फाइभ’ अहिले चर्चामा छ । यसलाई कम्पनीले बुकिङ खुला गरेको एक घन्टामा नै २५ हजार जनाले बुकिङ गरेसँग ब्यापक चर्चा पाएको हो ।

शाङ्जी एच-फाइभको आधिकारीक बिक्री भने सेप्टेम्बर २३ तारिखबाट सुरु हुने बताइएको छ । अगस्ट २५ तारिखमा यसको बुकिङ खुला गरिएको थियो । यसको लम्बाइ ४७८० एमएम, चौडाइ १९१० एमएम र उचाइ १६६४ एमएम छ । यसमा २८४० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

एसएआइसी ग्रुपले लगानी गरेको र हुवावेको टेक्नोलोजी प्रयोग भएको कारण यसले बजारमा राम्रो प्रभाव पार्न सक्ने आँकलनका बीच १८ घन्टामा भएको बुकिङले कम्पनीलाई उत्साहित बनाएको छ । यसको सुरुवाती मूल्य पनि २ लाख युआन मूल्य तोकेर बुकिङ सुरु गरिएको हो ।

एडास फोर प्रयोग भएको एसयूभी इलेक्ट्रीक र इआरईभी गरी दुई अप्सनमा आउने छ । यसको ब्याट्री साइजको विषयमा कम्पनीले कुनै जानकारी उपलब्ध गराएको छैन । तर, इआरईभी मोडलले १३६० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यसको प्योर इलेक्ट्रीक मोडलले ६५५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । कम्पनीले यसको इन्टेरियर फिचरको विषयमा धेरै जानकारी उपलब्ध गराएको छैन ।


Back_to_top