इलेक्ट्रीक कार बीवाइडी ‘याङवाङ यु-नाइन’ले बनायो स्पीडमा विश्व रेकर्ड

काठमाडौं । बीवाइडीको सवब्राण्ड याङवाङको यु-नाइन मोडलले सबैभन्दा दु्रत गतिमा गुड्ने कारको विश्व रेकर्ड बनाएको छ । कम्पनीले मंगलबार गरेको घोषणा अनुसार याङवाङ यु-नाइन स्पोट्र्स कारले ४७२.४१ किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडेर ग्लोबल इलेक्ट्रीक स्पीड रेकर्ड बनाएको हो ।

जर्मनीको एटीपी अटोमोटीभ टेस्टिङ ‘पापेनबर्ग टेस्ट ट्रयाक’मा उक्त रेकर्ड मापन गरिएको हो । बीवाइडीकै याङवाङले गत नोभेम्बरमा ३९१.९४ किलोमिटर प्रतिघन्टाको स्पीडमा गुडेर पहिलो रेकर्ड बनाएको थियो । अहिलेको कारमा अघिल्लो मोडलको भन्दा २०.५३ प्रतिशतले पर्फमेन्स बढेको हो ।

याङवाङ यु-नाइनले अहिले बनाएको रेकर्ड विश्वभरका धेरै मोडलका हाइपर कारहरुले बनाएको स्पीडको रेकर्डभन्दा धेरै हो । यसअघि परम्परागत कम्बस्चन इन्जिन भएका कारहरुले भने यो भन्दा धेरै स्पीडको रेकर्ड बनाइसकेका छन् ।

केही वर्ष अघि मात्रै कोइनिग्सेग जेस्को एब्सोलुट हाइपर कारले ५३१ किलोमिटर प्रतिघण्टाको रेकर्ड बनाएको थियो । बुगाटी चिरोन सुपर स्पोट्र्स कारले ४९० किलोमिटर प्रतिघण्टा र एसएससी टुआताराले ४७४.८ किलोमिटर प्रतिघण्टाको रेकर्ड बनाएको थियो । अहिले बीवाइडी याङवाङ यु-नाइनले बनाएको रेकर्ड यी प्रतिस्ठित कार मोडलहरुको नजिक देखिएको छ ।

याङवाङ यु-नाइन

याङवाङ यु-नाइन चीनमा बिक्री भइरहेको छ । अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु-नाइन ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो । यसमा पनि यु-नाइनमा प्रयोग गरिएको ई४ प्लेटफर्म र डिसस-एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग भएको छ ।

यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा-हाई-भोल्टेज भेहिकल प्लेटफर्म प्रयोग गरिएको छ । निकै कठिन मौसममा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।

याङवाङ यु-नाइन ट्रयाक एडिसनमा भएको ई४ प्लेटफर्मसँग विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम दिइएको छ । जसमा ३० हजार आरपीएमको हाई-पर्फमेन्स मोटर छ । जसले प्रतिमोटर ५५५ किलोवाटको पिक पावर प्रदान गर्छ ।

सबै मोटरको संयुक्त पावर ३ हजार पीएस छ । गाडीको ‘पावर टु वेट रेसियो’ पनि प्रतिटन १,२१७ पीएस हुन जान्छ ।

यी वाहेक ई४ प्लेटफर्मको क्वाड-मोटर इन्डेपेन्डेन्ट टर्क-भेक्टरिङ सिस्टमले लगातार रुपमा सडकको मोनिटर गरिरहेको हुन्छ । यसले गर्दा स्पिड, पोस्चर आदि निगरानी गरी ह्वील स्लीप हुन वा ट्रयाक्सन लस हुनबाट बचाउँछ ।

डिसस-एक्स इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमले सस्पेन्सनलाई जस्तोसुकै कर्नरिङ र एक्सिलरेसनको समयमा पनि सहजता ल्याउन सघाउँछ । यसले टायर र रोडको समन्वय मिलाएर ड्राइभरलाई समेत कम्फर्ट र कन्फिडेन्स ल्याउन सहयोग गर्छ ।

याङवाङ यु-नाइनमा नै प्रयोग गरिएको एरोडाइनामिक डिजाइन यु-नाइन ट्रयाक एडिसनमा छ । यसमा अझै सुधारिएको अप्सनल कार्बन-फाइबर फ्रन्ट स्प्लिटर प्रयोग गरिएको छ । अल्ट्रा-हाई स्पिडमा समेत चलाउन सहज हुने गरी यसमा पुरै बैज्ञानिक डिजाइन र उच्च टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा प्रयोग भएको टायर पनि विशेष किसिमको छ । यसका लागि ट्रयाकमा केन्द्रित सेमी-स्लिक टायर प्रयोग गरिएको हो ।


Back_to_top