टीभीएसको फेस्टिभ स्कीममा १ लाखसम्म नगद छुट, नागरिकताकै भरमा मोटरसाइकल स्कुटर किन्न सकिने

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरका फेस्टीभ स्कीम सार्वजनिक भएको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्व लक्षित ‘फिल फेस्टीभ, राइड टीभीएस’ योजना सार्वजनिक गरेको हो ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले १ लाखसम्म नगद छुट पाइने स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको यो स्कीममा ग्राहकले अब नागरिकताकै भरमा पनि टीभीएस मोटरसाइकल तथा स्कुटर किन्न सक्ने भएका छन् । यसअघि बजाजले मात्र यस्तो सुविधा उपलब्ध गराउँदै आएको थियो ।

यो स्कीममा ग्राहकले १ लाखसम्म नगद छुट, १ हजार जनाले ८ हजार रुपैयाँको सपिङ भौचर जित्न सक्नेछन् । एक्सचेन्ज सुविधा समेत उपलब्ध यो योजनामा ग्राहकले अफुसँग भएको पुरानो मोटरसाइकल दिएर नयाँ टीभीएस किन्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा पुरानो मोटरसाइकलमा बजार मूल्यांकनमा थप १० हजार एक्सचेन्ज वोनस दिने कम्पनीले जनाएको छ ।

ग्राहकले अब सहज फाइनान्स सुविधा अन्तर्गत नागरिकता र लाइसेन्स राखेर बिना झण्झट फाइनान्स सुबिधा लिन सक्नेछन् ।


Back_to_top