आरटीआर १६० फोर भी दराज मार्फत सार्वजनिक, सात दिन भित्र किन्नेले २ लाख ६१ हजारमा पाउने

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० फोर भीको नयाँ भेरियन्ट दराज एप मार्फत सार्वजनिक भएको छ । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आरटीआर १६० फोर भीको सिंगल डिस्क भेरियन्ट दराजबाट सार्वजनिक गरेको हो ।

दराजले यो हप्तालाई ‘दराज महा बचत योजना’ संचालन गरिरहेको छ । यही योजना अन्तर्गत नयाँ भेरियन्ट सार्वजनिक गर्न लागिएको हो । यस्तो कुनैपनि डिजिटल प्ल्याटफर्ममा मोटरसाइकल लञ्च गर्न लागेको पहिलो पटक हो ।

‘हामीले दराजको महा बचत योजनामा आरटीआर १६० फोर भीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं । यसबाट मोटरसाइकल किन्न चाहनेले नगद १२ हजार रुपैयाँ छुट पाउने छन् । दराजमा यो योजना ७ दिनको लागि रहने छ ।

कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ ।

यसलाई दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १२ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ हुने छ ।

यसमा १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।


Back_to_top