सिप्रदियन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौं । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ ।

संस्थाले कोभ्रेको पाँचखाल नगरपालिकाका बाढी प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामग्रीहरु वितरण गरेको हो ।

सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसी जंग बस्नेत, रोज क्षेत्री लगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुप प्रति घर डसना, सिरानी, झुल, जग, वाल्टिन, गिलास र थाल वितरण गरिएको हो ।


Back_to_top