नयाँ इलेक्ट्रीक स्कुटर नेपालमा, रेन्ज १५० किलोमिटर

काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड भित्र्याएको छ । जमुनी अटो सेन्टरले नेचीनमा उत्पादन भएको ‘स्लेन’ ब्राण्डको स्कुटर भित्र्याएको हो ।

कम्पनीले पहिलो चरणमा एक मोडलको स्कुटर नेपाल भित्र्याएरका विक्री सुरू गरेको हो ।

कम्पनीका अनुसार स्लेन एन ९० स्पोर्टी डिजाइनको स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकेर विक्री सुरू भएको हो ।

स्लेन एन ९० मा ३ हजार वाट रेटेड पावर क्षमता भएको मोटर उपलब्ध रहेको छ । यसमा ७२ भोल्ट ५२ एम्पियर आवरको पावरफुल लिथियम आयन ब्याट्री जडान गरिएको छ । यो स्कुटरलाई एक पटकको फुलचार्ज गर्न ५ देखि ६ घण्टा समय लाग्छ भने एक पटकको फुलचार्जमा यो स्कुटर १३० देखि १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

कम्पनीले यो स्कुटरलाई अरोरा रेड, सिल्क सिल्भर, इन्टेस्टेलर ग्रे, ग्लसी ब्ल्याक, ग्लसी ह्वाइट गरी पाँचवटा आकर्षक रंगहरूमा उपलब्ध गराएको छ ।

त्यस्तै, यो स्कुटरको दुबै चक्कामा डिस्कब्रेक, एलइडी लाइट्स, पिलियन ब्याकरेस्ट, एबीएस जस्ता फिचर पाउन सकिन्छ ।

कम्पनीले काठमाडौं पोखरा र बाग्लुङमा पनि आफ्नो शोरूमहरू संचालनमा ल्याएको छ ।

 

 


Back_to_top