चर्चित स्कुटर होन्डा डिओ नयाँ भर्सनमा आउने

काठमाडौं । होन्डा इन्डियाले आफ्नो चर्चित स्कुटर डिओलाई नयाँ भर्सन ल्याउने भएको छ । होन्डाले बिक्री गर्ने स्कुटर मध्य सबैभन्दा कम मूल्यको ‘एच स्मार्ट फिचर’सहितको नयाँ जेनेरेशन डिओ बजारमा ल्याउने भएको हो ।

नयाँ होन्डा डिओमा बिभिन्न स्मार्ट फिचरहरु रहने कम्पनीले जनाएको छ । जसमा स्मार्ट फाइन्ड फिचरसमेत समाबेस हुनेछ । यसको रिमोट कीमा रहेको बटम दवाएर आफ्नो स्कुटर कहाँ छ, पत्ता लगाउन सकिन्छ ।

स्मार्ट फिचरको प्रयोग गरेर ह्यान्डलबार अनलक, फ्युल क्याप ओपन, अन्डरसिट स्टोरेज ओपन गर्न सकिनेगरी नयाँ डिओ बजारमा आउन लागेको हो ।

स्कुटरमा किलेस स्मार्टसेफ फिचरले गर्दा अझै सुरक्षित हुनेछ । स्कुटरबाट की अलि टाडा हुने बित्तिकै स्कुटरमा आफैँ सेफ्टी लक लाग्ने छ ।

नयाँ डिआको इन्जिनमा भने कुनै परिवर्तन हुने छैन । यसमा १०९ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७.८ हर्स पावर र ९ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top