मोटरसाइकल सर्भिसिङ गर्दा ४ काम नगरे ठगिने पक्का

सांकेतिक तस्बीर

काठमाडौं । नयाँ मोटरसाइकल वा स्कुटर भर्खर किनेको छ भने धेरै हेरचाह गर्ने बानी हुन्छ । बिस्तारै पुरानो बन्दै गएपछि त्यसको हेरचाह पनि कम हुँदै जान्छ । नयाँ किन्दा कम्पनीले सर्भिसिङ्ग निःशुल्क दिएको हुन्छ । कम्पनीहरुले आफ्नो नीति अनुसार ४, ८, १२ र १६ पटकसम्म निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराउँदै आएका छन् ।

किनेको २ वर्षसम्म अधिकांश कम्पनीले वारेन्टी दिने भएको कारण सुरुमा आधिकारीक सर्भिस सेन्टरमा नै लगेर सर्भिसिङ्ग गराइन्छ भने त्यसपछि लोक ग्यारेजमा लाने धेरै उपभोक्ता बजारमा भेटिन्छन् ।

आधिकारीक सर्भिस सेन्टर ब्यस्थ हुने र पालो कुरेर सर्भिसिङ्ग गर्नु पर्ने कारणले कम्पनीको वारेन्टी सकिएपछि आफ्नो पायक पर्ने वा चिनेजानेको सर्भिस सेन्टरमा लगोर सर्भिसिङ्ग गर्नेहरु धेरै छन् । साधन पुरानो हुँदै जाँदा पार्टस्हरु फेर्नु पर्ने भएको कारण खर्च धेरै आउँछ । त्यही काम लोकल सर्भिस सेन्टरमा गराउँदा कम खर्च आउने हुँदा धेरै मानिस त्यतातर्फ आकर्षित हुन्छन् ।

यस्तोमा लोकल सर्भिस सेन्टरमा सर्भिसिङ्ग गर्न जाँदा कुनै पार्टस् चेन्ज गर्नु पर्ने भएका चालक केही कुरा ध्यान दिनु पर्छ ।

सर्भिसिङ्ग गराउँदा बस्ने

एउटा मोटरसाइकल सर्भिसिङ्ग गर्न ४० मिनेट हाराहारी समय लाग्छ । यदि तपाई लोकल ग्यारेजमा सर्भिस गराउँदै हुनुहुन्छ भने आफैँ बसेर सर्भिसिङ्ग गराउनु राम्रो हुन्छ ।

कतिपय लोकल ग्यारेजले मोटरसाइकल तथा स्कुटरमा फेर्ने पार्टस् ओरिजिनल नभई डुब्लीकेट प्रयोग गर्न सक्छन् । यसले तपाईको खर्च घट्नुको सट्टा थप बढ्न सक्छ ।

कतिपय चालकहरुले भने पैसा सस्तोकै कारण यस्ता लोकल पार्टसहरु आफ्नो साधनमा हाल्ने गरेको पाइन्छ । यस्तो गर्नु आफ्नो साधनलाई क्षती पुर्याउनु जस्तै हो । ओरिजिनल पार्टसले जस्तो पर्फमेन्स दिन्छ, लोकल पार्टसले पर्फमेन्स घटाउने सम्भाबना धेरै हुन्छ ।

इन्जिन आयल

मोटरसाइकलमा होस् वा स्कुटरमा इन्जिन आयलले एकदमै महत्वपुर्ण भूमिका निभाइरहेको हुन्छ । समयमा इन्जिन आयल परिवर्तन भएन भने इन्जिन नै ‘सिज’ हुने अवस्था आउन सक्छ ।

यदि तपाँईको साधन २ हजार किलोमिटर माथि गुडेको छ भने सर्भिसिङ्ग गराउँदा इन्जिन आयलको अवस्था जाँच्नु पर्छ । इन्जिन आयलमा चिल्लोपन राम्रो अवस्थामा छ भने तत्काल परिवर्तन गर्नु पर्दैन ।

लोकल ग्यारेन्जमा ३०० रुपैयाँ लिटरदेखि कै इन्जिन आयल पाइन्छ । त्यस्तोमा तपाईको साधनको लागि उपयुक्त गुणस्तर कुन हो भन्ने एकिन गरेर हाल्न लगाउनु पर्छ । अन्यथा गुणस्तर हिन इन्जिन आयल पर्न सक्छ ।

एयर फिल्टर

जब तपाँई आफ्नो साधन सर्भिसिङ्ग गराउनु हुन्छ, त्यतिबेला एयर फिल्टर चेक गर्ने गर्नुस् । धेरैजसो लोकल ग्यारेजले एयर फिल्टर नयाँ भनेर पुरानैलाई सफा गरेर प्रयोग गर्न सक्छन् ।

हावा छाँनेर पठाउने फिल्टर पुरानो पर्यो भने त्यसले राम्रो काम गर्दैन । सवारीसाधन चल्न एयर प्रेसरको एकदमै ठूलो भूमिका हुन्छ । त्यसैले कस्तो एयर फिल्टर प्रयोग भएको छ एकिन गर्नु राम्रो हुन्छ ।

अन्य पार्टसमा ध्यान दिनु

धेरै चालकहरुले जुनसुकै सर्भिस सेन्टर लगेर आफ्नो साधन छाडेर जाने गरेका हुन्छन् । आफ्नो साधनमा देखिएको समस्या टिपाएर जाने बानीकै कारण टेक्नीसीयनले कहिले काहिँ नफेरेको सामान फेरेको वा फेर्नु नपर्ने सामान पनि फेरेको पाइन्छ ।

मोटरसाइकलमा क्लज प्लेट, चेन्स पकेट, डिस्क प्याड, फिल्टरहरु जस्ता पार्टसहरु एकदमै महत्वपुर्ण रहेका हुन्छन् । यी पार्टस चेन्ज गर्ने समय आफुले ध्यान राख्न सकिएन भने ठगिने सम्भावना धेरै हुन्छ ।


Back_to_top