काठमाडौं । अहिले बजारमा हुन्डाई, मारुती सुजुकी, टाटा, रेनो, फोर्ड लगायतका कम्पनीले मासिक २५ हजार किस्ता तिर्न सक्ने ग्राहकलाई लक्षित गरेर विभिन्न मोडल बजारमा ल्याएका छन् ।
विशेषत हुन्डाई सेन्ट्रो र ग्राण्ड आई १० नियोस, मारुती सुजुकी सेलेरियो, वागेनआर र स्वीफ्ट किन्न चाहने ग्राहकले मासिक २५ हजारभन्दा कम किस्ता तिर्नेगरि खरिद गर्न सक्नेछन् ।
त्यसैगरि फोर्ड फिगो, फक्सवागन पोलोको सुरुवाती भेरियन्ट, टाटा टियागो, टाटा एनआरजी र टाटा अल्ट्रोजको वेस भेरियन्टपनि मासिक २५ हजार किस्ता तिर्नेगरि ग्राहकले गरिद गर्न सक्छन् । रेनोले विक्री गर्दै आएको क्वीड र ट्राइबर पनि मासिक २५ हजार किस्ता तिर्नेगरि खरिद गर्न सकिने कार हो ।
बजारमा उपलब्ध ह्याचव्याक कारहरु मध्ये मूल्य २४ लाखदेखि ३२ लाख रुपैयाँसम्म खुद्रा मूल्य तोकेर विक्री हुँदै आएका कारहरु मासिक २५ हजारसम्म किस्ता तिर्दा किन्न पाइन्छ ।
यी मूल्यका कारमा ५० प्रतिशत डाउन पेमेन्टपछि बाँकी रकम ७ वर्षको लागि अहिले चल्तीमा रहेको ९ प्रतिशत व्याजदरले कर्जा लिँदा मासिक २५ हजार किस्ता पर्ने हुन्छ ।
अहिले हुन्डाई सेन्ट्रोको मूल्य २३ लाख ९६ हजारदेखि ३१ लाख ५६ हजारसम्ममा किन्न सकिन्छ । साथै, हुन्डाईको ग्राण्ड आई १० नियोस ३० लाख ९६ हजारदेखि ३३ लाख ९६ हजारसम्मका तीन भेरियन्ट उपलब्ध रहेको छ ।
मारुती सुजुकी सेलेरियो २४ लाख ९९ हजारदेखि २७ लाख ४९ हजारसम्म, वागेनआरको मूल्य २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म, स्वीफ्टको मूल्य ३० लाख ९९ हजारदेखि ३३ लाख ९९ हजारसम्म रहेको छ ।
टाटाको एनआरजी ३१ लाख ९९ हजार मूल्य तोकेर विक्री हुँदै आएको छ । टाटा टियागोको मूल्य २४ लाख ९९ हजारदेखि ३१ लाख ९९ हजारसम्म छ भने टाटा अल्ट्रोजको सुरुवाती भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
रेनोले क्वीड २४ लाख ९९ हजारदेखि २६ लाख ४९ हजारसम्म मूल्य कायम गरेर विक्री गर्दै आएको छ । रेनो ट्राइबर २८ लाख ७० हजारदेखि ३४ लाख ४९ हजार रुपैयाँसम्म मूल्य तोकेर विक्री हुँदै आएको छ ।
फोर्डले विक्री गर्ने फिगोको मूल्य ३० लाख ९९ हजार र एस्पायरको सुरुवाती मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ । डाट्सन रेडी गाे पनि कम मूल्यमा किन्न सकिने कार हाे । यसकाे मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेकाे छ ।
कम्पनीले दिने अफर र छुट घटाउँदा यी कार मासिक २५ हजार रुपैयाँ हाराहारीमा ग्राहकले खरिद गर्न सक्ने छन् ।