हिरो एक्स्ट्रीम १६० आर बन्यो हिरोको १० करोडौं मोटरसाइकल

काठमाडौं । हिरो एक्स्ट्रीम १६० आर हिरोको १० करोडौं मोटरसाइकल बनेको छ । कम्पनीलको हरिद्धारमा रहेको प्लान्टमा १० करोडौं यूनिटको बन्न सफल भएको छ ।

यसमा १६० सीसी सिंगल सिलिण्डर एयरकुल्ड एफआई बीएस ६ इन्जिन दिइएको छ । उक्त इन्जिनले १५ हर्स पावर र १४ एनएम टर्क प्रदान गर्नेछ ।

यसमा पुर्ण एलइडी लाइट तथा हजार्ड लाइटसमेत दिएको छ । यसका साथै साइड स्ट्यान्ड इनर्जी कट अफ सिस्टम उपलब्ध रहेको छ । यो मोटरसाइकलमा कम्पनीले सिंगल च्यानल एबीएस दिएको छ । साथै यसमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ । हिरोले आज गरेको एक भर्चुलअ इभेन्टमार्फत यस अवसरको सेलिब्रेट गरेको हो ।

यसै अबसरमा हिरोले ६ मोटरसाइकलको १०० मिलियन एडिशन भर्सन सार्वजनिक गरेको छ । कम्पनीले हिरो एक्स्ट्रीक १६० आर, हिरो डेस्टेनी, स्प्लेन्डर, कजेस्ट्रो, प्यासन प्रो र ग्ल्यामर सार्वजनिक गरेको हो ।


Back_to_top