साना इलेक्ट्रीक कारमा छनोट धेरै, मूल्य र रेन्ज कस्तो ?

काठमाडौं । साना र आकर्षक फिचर भएका इलेक्ट्रीक कार थपिने क्रम जारी नै छ । अहिले बजारमा १८ लाखदेखि ४० लाख रुपैयाँसम्म तिरेर किन्न पाइने थुप्रै साना मझौला विद्युतीय कारहरु उपलब्ध छन् ।

विशेषगरी नाडा अटो शो २०२ बाट बजारमा प्रबेश गरेका साना विद्युतीय कारले कस्तो ब्यापार गर्छ अहिल्यै भन्न सकिने अवस्था छैन । तर, ग्राहकले विकल्पमा छलफल गर्ने र खरिद गर्ने अवसर भने पाएका छन् ।

यदि, तपाई उत्कृष्ट पारिवारीक कारको खोजीमा हुनुहुन्छ भने अहिले विद्युतीय कारमा थुप्रै विकल्प पाउन थालेका छन् । बीवाइडी डल्फीन जस्तो ठूलो ह्याचव्याकदेखि एमजी कोमेट जस्तो सानो ईभी पनि बजारमा पाउन सकिन्छ ।

साना र कम मूल्यमा फिचर लोडेड भएर आएका टियागो ईभी, विलिङ विङ्गो, नामी ह्याचव्याक, पन्च माइक्रो एसयूभी, केई क्यूट-०२ जस्ता साना कारहरु बजारमा सहजै उपलब्ध भएका छन् । यसले बजेट कार किन्ने ग्राहकलाई धेरै छनोट दिएको हो ।

कुनको मूल्य कति ?

यदि तपाई साना इलेक्ट्रीक कार खोज्दै हुनुहुन्छ भने तपाईले पाउने सबैभन्दा सस्तो मोडल एमजी कोमेट हो । कोमेटको सुरुवाती भेरियन्टको मूल्य १८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै केई क्यूट ०२ को सुरुवाती मूल्य १९ लाख ९६ हजार तोकिएको छ । त्यस्तै टियागो ईभीको मूल्य २७ लाख ९९ हजार रुपैयाँ छ भने भोल्टस एचईभी-३०० को मूल्य २५ लाख ९९ हजार रहेको छ ।

विलिङ विङ्गो ईभीको अफर मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै नामी ह्याचव्याकको मूल्य पनि २९ लाख ९९ हजार रुपैयाँ नै छ । सिट्रोन सीथ्री इलेक्ट्रीकको मूल्य ३५ लाख ९९ हजार रहेको छ । अहिले भर्खरै आएको टाटा पन्च ईभीको मूल्य ३४ लाख ९९ हजारबाट सुरु गरिएको छ । नेटा भी पनि ३७ लाख हाराहारीमा ग्राहकले खरिद गर्न सक्नेछन् ।

बजारमा ४० लाखभन्दा केही माथि तिर्ने उपभोक्ताले डल्फीन र एमजी फोर पनि खरिद गर्न सक्ने छन् । यी दुबै कारको मूल्य ४१ लाखभन्दा केही माथि छ ।

रेन्ज पनि उस्तै

बजारमा उपलब्ध यी साना कारको रेन्ज २०० देखि ३५० किलोमिटरसम्म छन् । ब्याट्री पनि १७ किलोवाट आवरदेखि ५० किलोवाट आवरसम्मका पाइन्छ ।


Back_to_top