भब्य कार्यक्रमसहित पोखरामा बिक्री सुरु भयो नामी ह्याचव्याक (भिडियोसहित)

पोखरा । नेपालका लागि डोङफेङ ईभीको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा नामी ह्याचव्याक बिक्री सुरु गरेको छ । हिजो आइतवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले पोखरामा नामीको बिक्री थालेको हो ।

पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा स्वतन्त्र उर्जा उत्पादक संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा उद्योग वाणिज्य महासंघका अध्यक्ष गोकर्ण कार्की लगायतको उपस्थिति थियो ।

सेग्मेन्टमै धेरै फिचर भएको प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाई ठूलो छ । कार्यक्रममा नामी पोखराका संस्थापक अम्बिकाले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट ईभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीशडा. आनन्द मोहन भट्टराई विश्वसनीय ब्रान्ड पोखरा आएकोमा बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले ईभी कम्पनीहरुले आफ्टर सेल्स सर्भिस र चार्जिंग स्टेसनलाई विशेष ध्यान दिनुपर्ने बताए । साथै, उनले पोखराको लेकसाइड क्षेत्रमा फोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर ईभीबारे देशभर सन्देश फैलाउन सकिने बताए ।

त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्तले गाडी किन्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलीजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रीत छ ।

यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रयर पनि रहेको छ । इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।

यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।

एमएडब्लू वृद्धिले आज सोमबारबाट पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गरेको छ । जहाँ ग्राहकले दीपल, सेरस र नामीका गाडी विशेष अफरसहित पाउने छन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Back_to_top