टुङ्गियो भारतमा दुई वर्ष पुरानो कार आगलागीको घटना

काठमाडौं । गत वर्ष भारतको हैदरावादमा आगलागी भएको नेक्सन ईभीका धनीले ब्याजसहित क्षतिपूर्ति पाउने भएका छन् ।

भारतको दक्षिणी सहर हैदरावादको ‘दी डिस्ट्रीक कन्जुमर डिस्प्युट रिड्रेसल कमिसन’ ले एक निर्णय गर्दै टाटा मोटर्सलाई नेक्सन ईभीको पूर्ण मूल्य, त्यसको ब्याज र थप क्षतिपूर्ति दिन आदेश दिएको हो ।

कन्जुमर कोर्टले सवारीधनी जोनाथन ब्रेनर्डलाई १९.५५ लाख भारु क्षतिपूर्ति दिन आदेश दिएको हो । कन्जुमर कोर्टले गाडीको खरिद मूल्य १६ लाख ९५ हजार भारु र रकम फिर्ता गर्ने दिनसम्म ९ प्रतिशतका दरले ब्याज दिन आदेश दिएको हो ।

साथै, उक्त सवारीधनीले भोग्नुपरेको मानसिक पीडा तथा शारीरिक आघात र असुविधा वापत थप २ लाख ५० हजार भारु र कम्प्लेनका क्रममा खर्च भएकोे १० हजार समेत दिन कम्पनीका नाममा आदेश जारी गरेको छ ।


Back_to_top