यसरी थाहापाउनुस् तपाईको स्मार्ट लाइसेन्स प्रिन्ट भए वा नभएको

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परिक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको सुरुवात भएको धेरै समय भइसकेको छ ।

हाल यातायात व्यबस्था विभागले मास प्रिन्टर ल्याएर लाइसेन्स प्रिन्ट गर्न थाले पश्चात स्मार्ट लाइसेन्स दिने सेवाग्राहीले आफ्नो लाइसेन्स लिन नआउँदा कार्यालयको ड्रयरमा चाङ लागेको हो ।

धेरै सेवाग्राहीले एसएमएस मार्फत लाइसेन्स प्रिन्ट भए नभएको जानकारी लिन सकिने भएतापनि त्यससम्बन्धी जानकारीको अभावमा आफ्नो लाइसेन्स प्रिन्ट भए वा नभएको थाहापाउन सकिरहेका छैनन् ।

लामो समयसम्म स्मार्ट लाइसेन्स माग अनुसार प्रिन्ट गरेर उपलब्ध गराउन नसकेको विभागलाई हाल सेवाग्राहीले पत्याउन समेत छाडेका छन् । यसअघि १८ महिनासम्म पनि स्मार्टलाइसेन्स लिन पर्खिनु परेका कारण अहिले प्रिन्ट भएका कार्ड विभागमा चाङ लागेको हो ।

आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि एलसी टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant ID) टाइपगरि ३३००१ मा एसएमएस गर्न सकिनेछ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल नतिजा प्राप्त गर्न सकिन्छ ।

यदि तपाईको लाइसेन्स प्रिनट भएको म्यासेज तपाईले पाउनु भयो भने आफुले दिएको विभागको कार्यालयमा सम्पर्क गरेर स्मार्ट लाइसेन्स लिन सक्नु हुनेछ ।

यो पनि पढ्नुहोस्: लाइसेन्स प्रिन्ट भएर थुप्रियो, लिन जाँदैनन् सेवाग्राही


Back_to_top