सार्वजनिक हुँदै नयाँ जेनेरेशन महिन्द्रा थार

महिन्द्राले नयाँ जेनेरेशन थार सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेकाे भारतीय मिडियाले उल्लेख गरेका छन् । यद्यपी कम्पनीले अटो एक्स्पोमा सार्वजनिक गर्ने अनुमान गरिएको थार कहिलेबाट बजारमा आउने छ भन्ने विषयमा कम्पनीले आधिकारीक जानकारी दिएको छैन ।

भारतका विभिन्न स्थानमा परिक्षणको क्रममा धेरै पटक देखिएको नयाँ जेनेरेशन थार बिक्रीको लागि तयार रहेको अनुमान गरिएको छ । पुरानोको तुलनामा निकै आरामदायी र फिचर लोडेड हुने थारमा अल न्यू र अल व्ल्याक ड्यासबोर्ड रहने जनाइएको छ ।

त्यसैगरी यसमा एयर–कन सिस्टम, पहिलो पटक इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्वील, पहिलेको तुलनामा निकै आरामदायी सिट जस्ता नयाँ फिचर पाउन सकिने छ ।

ब्राण्ड न्यू इन्ट्रुमेन्ट कन्सोलका साथ आउने नयाँ थारमा मल्ट्री इन्र्फमेशन डिस्प्ले र नयाँ गियर लिभर रहने छ भने सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ सेन्सर, स्पीड अर्लट सिस्टम जस्ता फिचर उपलब्ध रहने छ ।

नयाँ जेनेरेशन थारमा २.० लिटर डिजेल इन्जिनको प्रयोग हुने अनुमान गरिएको छ । उक्त इन्जिनले १०५ बीएच पावर र २७४ एनएम टर्क प्रदान गर्नेछ । नयाँ थार पनि फोर ह्वील ड्राइभ सिस्टममा आउने छ ।


Back_to_top