काठमाडौं । स्कुटर बजारमा स्पोर्टी लुक्सको वर्चस्व रहेको छ । यो सेग्मेन्टमा आएको होन्डा डियो पहिलो मोडल हो । त्यसपछि क्रमशः अन्य मोडल बजारमा प्रबेश गरे । अहिले ११० सीसी सेग्मेन्टमा भन्दा धेरै स्पोर्टी स्कुटरहरु १२५ सीसी सेग्मेन्टमा उपलब्ध रहेका छन् ।
सन् २०२१ को आयात तथ्यांकलाई हेर्दा १ लाख यूनिट हाराहारीमा स्पोर्टी स्कुटरको आयात भएको देखिन्छ । पछिल्लो समय सहरी क्षेत्रमा स्कुरको विक्री व्यापक वृद्धि भएको छ । महिला र पुरुष दुबैलाई उपयुक्त भएको कारण स्कुटरको विक्री बढ्दै गएको हो ।
क्रमिक रुपमा बढ्दो स्कुटरको बजार हिस्सा ३८ प्रतिशत हाराहारी पुगिसकेको छ । स्कुटरको बजार विस्तारमा सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका स्पोर्टी सेग्मेन्टमा आउने १२५ सीसीका स्कुटर निकै सफल भएका छन् ।
नेपालमा १२५ सीसी स्पोर्टी स्कुटर विक्री गर्ने प्रमुख कम्पनीमा टीभीएस, होन्डा, यामाहा रहेको छन् । अन्य कम्पनीहरु अप्रिलिया, हिरो, सुजुकी जस्ता कम्पनीहरु सँग पनि १२५ सीसीका स्कुटरहरु उपलब्ध भएता पनि बजारमा टीभीएस, होन्डा र यामाहाका स्कुटरको बाहुल्यता छ । १२५ सीसीका स्कुटरले सफलता पाउनुका पछाडि रहेका कारण यस प्रकार रहेका छन् ।
पावर
पछिल्लो समय नेपाली बजारमा भित्रिएका १२५ सीसी सेग्मेन्टका स्कुटरहरु पावरका कारण युवाको रोजाइमा पर्न सफल भएका हुन् । १२५ सीसी इन्जिन भएका अधिकांश स्कुटर १० एनएम टर्क र ९ पीएस पावर जेनेरेट गर्ने क्षमता छन् । यस्ता स्कुटरहरु सहरी क्षेत्रमा मात्र होइन पहाडी भेगममा समेत अत्याधिक रुचाइएको पाइन्छ ।
लुक्स
अहिले बजारमा आउने स्कुटरहरु आधुनिक डिजाइन छन् । स्पोर्टी लुक्स दिनका लागि कम्पनीहरुले निकै मेहेनत गरेको हुन्छन् । १२५ सीसीका स्कुटरलाई एग्रेशिभ लुक्स दिन कम्पनीले एलइडी डिआरएस, एलइडी हेडल्याम्प, वाइडर टायर, पछाडि आकर्षक डिजाइन सहितका टेलल्याम्प जस्ता फिचर दिने गरेको पाइन्छ ।
कम्फर्ट
पहिला स्कुटरमा सामान्य सस्पेन्सन उपलब्ध हुन्थ्यो । अहिले कम्पनीहरुले स्कुटरमा मोटरसाइकलमा नै प्रयोग हुने सस्पेन्सको प्रयोग गर्न थालेका छन् । धेरैजसो स्कुटरमा टेलिस्कोपीक सस्पेन्सन प्रयोग भएको पाइन्छ ।
सुरक्षा/फिचर
पहिला कुनै कुनै स्कुटहरुमा मात्र डिस्क ब्रेक भएको पाइन्थो । अहिले नेपालमा उपलब्ध सबैजसो स्कुटरमा डिस्क ब्रेक उपलब्ध रहेको छन् । अझै १२५ सीसी सेग्मेन्टका स्कुटरमा कोम्बी ब्रेकिङ सिस्टम उपलब्ध छन् । यसले अझै स्कुटरलाई सुरक्षित बनाएको छ । त्यस्तै अहिले स्कुटहरुमा स्मार्ट केन्ट फिचर, चार्जिङ सुबिधा जस्ता फिचरहरु पाउन सकिन्छ ।

