साङयोङले पायो नयाँ लगानीकर्ता, बाहिरियो महिन्द्रा

काठमाडौं । महिन्द्रा सबैभन्दा धेरै लगानी रहेको कोरियन ब्राण्ड साङयोङले नयाँ लगानीकर्ता पाएको छ । कम्पनीले केजी कन्सोर्टीयमलाई नयाँ लगानीकर्ताको रुपमा पाएको हो ।

आज सेप्टेम्बर १, २०२२ बाट लागु हुनेगरी केजी कन्सोर्टीयमले ७४ करोड डलरमा ८०.५ प्रतिशत शेयर हिस्सा खरिद गरेको हो । अब कम्पनीको नाम समेत परिवर्तन भएर ‘केजी साङयोङ मोविलीटी’ हुने भएको छ । नयाँ ग्रुपको लगानीसँगै व्याकरप्ट घोषणा हुन लागेको कोरियन अटोमोवाइल कम्पनी रिभाइभ हुने आँकलन गरिएको छ ।

नयाँ समूहको प्रबेशसँगै महिन्द्रा एण्ड महिन्द्रा भने साङयोङबाट बाहिरिएको छ । नेपालमा पनि आइएमएस मोटर्सले साङयोङका गाडीहरु आयात गरी विक्री गर्दै आएको छ । कोरियन कम्पनीमा समस्या आएसँगै आइएमएसले आफ्नो नक्सालमा रहेको शोरुम समेत बन्द गरेको थियो ।


Back_to_top