काठमाडौं । एसजी ग्रुप अन्तर्गत नेपालमा विक्री भइरहेको मोटरहेड र टारो ब्राण्डका वाइक तथा स्कुटर अब एउटै शोरुमा उपलब्ध हुने भएको छ । कम्पनीले आफ्नो उपत्यकामा रहेका शोरुममा दुबै ब्राण्डका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराएको हो ।
कम्पनीले विक्री गर्ने डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी ५ सेग्मेन्टका दुई पाङ्ग्रे साधन एकै छानामुनी खरिद गर्न सक्नेछन् ।
यसका साथै विक्रीपछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अपग्रेड गरी संचालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरु दुबै ब्राण्डका साधन ग्राहकले अवलोकन तथा टेष्ट राइड गरी खरीद गर्न सक्नेछन् ।
साथै, कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भाद्र १९ गतेबाट उपत्यकाव्यापी शोरुम टेष्ट राइड कार्यक्रम समेत आयोजना गर्न लागेको छ । जहाँ ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्नेछन् ।
टेकन आर२५०, स्क्र्याम्बलर २५०, एमएच १५० मोटरहेडले नेपालमा विक्री गर्ने चलेका मोडल हुन् भने टेरो ब्राण्डका जीपी१–२५०, जीपी२–२०० र एमोला १५० टारो ब्राण्डमा आउने मोडल हुन् ।
कम्पनीको दशैं तिहार अफर पनि छिट्टै प्रकाशित गरिने र यस पटकको अफर पनि सदाझैं ग्राहकमुखी रहने कम्पनीले जानकारी दिएको छ ।

