काठमाडौं । नेपालका लागि महिन्द्रा फोर ह्वीलर्सको एक मात्र आधिकारीक विक्रेता अग्नी ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका लागि झापाको दमकमा ‘टु एस सर्भिस सेन्टर’ संचालनमा ल्याएको छ ।
दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको थ्री एस शोरुममा अब महिन्द्रा गाडीको लागि टु एस सर्भिस सेन्टर पनि थपिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
उक्त टु एस सर्भिस सेन्टरको उद्घाटन आज भाद्र १६ गते दमक नगरपालिकाका मेयर राम थापाले गरेका हुन् । कार्यक्रममा दमक नगरपालिकाका उप-मेयर रेगिना भट्टराईु, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।
अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुपले आफ्ना सेवाहरु भोलिका दिनमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।