लाइसेन्सको परीक्षा पारदर्शी बनाउन ट्राफिक प्रहरीको माग, रोकियो परीक्षा

काठमाडौं । यातायात व्यवस्था कार्यालय बागमतीले दिदै आएको लाइसेन्स प्रक्रिया पारदर्शी बनाउन ट्राफिक प्रहरी कार्यालयले माग गरेको छ । कार्यालयले यातायात व्यवस्था कार्यालयलाई पत्र लेख्दै लिखित तथा प्रयोगात्मक परीक्षा पारदर्शी बनाउन माग गरेपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले यसअघि परीक्षा संचालनको लागि आफ्नो प्रतिनिधि पठाउँदै आएकोमा आजबाट प्रतिनिधि पठाउन बन्द गरेको छ । उसले लाइसेन्सको लागि हुने परीक्षा र प्रयोगात्मक परीक्षा पारदर्शी बनाउन कार्यालयसँग माग गरेको छ ।

कार्यालयले ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधि नपठाउने भएपछि आजबाट लिने तयारी भइरहेको साइसेन्सको परीक्षा रोकेको जनाएको छ ।

लामो लकडाउनको कारण १० महिनादेखि लाइसेन्स जारी नहुँदा सेवाग्राही मर्कामा परिरहेको बेला ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयको काम गर्ने तरिकामा असन्तुष्टी जनाउँदै विभागलाई पत्र लेख्दै आफ्नो प्रतिनिधि पठाउन बन्द गरेपछि लाइसेन्सको परीक्षा लगायतका काम पुनः बन्द भएको छ ।


Back_to_top