विद्यार्थीले बनाए फुल चार्जमा ४ सय किमि कुद्ने इलेक्ट्रिक बाइक

विद्युतीय सवारीमा भिन्नै पहिचन बनाउन सफल भएकाले टेस्लाले विश्वभर प्रसंशा कमाएको छ । प्रसंशामात्र होइन टेस्लाका कार चढ्न चाहनेहरु बढ्दै गइरहेका छन् । टेस्लाले विश्वमा विद्युतीय सवारीको बारेमा तरंगसमेत ल्याउन सफल भयो । जसका कारण विश्वमा विद्युतीय सवारीको बहस घनिभुत भएको छ । 

यस्तैमा विद्यार्थीको एक समुहले उत्कृष्ट विद्युतीय मोटरसाइकल बनाएको छ । इटीएन जुरिलका १३ जना मेकानिकल र १ जना इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी र जुरिच युनिभर्सिटीका २ इन्डष्ट्रियल डिजाइनका विद्यार्थीले संयुक्त रुपमा विद्युतीय मोटरसाइकलको विकास गरेका हुन् । 

विद्यार्थीहरुले उक्त विद्युतीय मोटरसाइकलको लुक्स मानिसको बडीसंग मिल्दोजुल्दो बनाएका छन् । 

यो मोटरसाइकल तुलनात्मक रुपमा निक्कै हलुंगो भएको निर्माताहरुले जनाएका छन् । यो मोटरसाइकलको दुवै पाङ्ग्रामा मोटर हब हुने छ, जसको क्षमता २२ किलोवाट देखि ५० किलोवाटसम्म विस्तार गर्न सकिने छ । 

यो मोटरसाइकलमा १२ सय ६० लिथियम आयन सेल हुनेछ । ब्याट्री म्यानेजमेन्ट सिस्टममा रहेको सेलले कुलिङ, चार्जिङ र डिसचार्जिङको काम गर्ने छ । मोटरसाइकलमा भएको एक्टिभ र म्यासिभ ओइल कुलिङले आयु बढाउन समेत सहयोग पुग्ने छ । १५ केडब्लूएच लिथियम आयन ब्याट्रीले फुल चार्जमा ४ सय किलोमिटरसम्म दुरी तय गर्ने दाबी गरिएको छ । 

यो मोटरसाइकलमा इन्टिग्रेटेड इन्डिक्टिभ सेन्सरका कारण ब्रेकिङ सिस्टममा एंगल निर्धारण गर्ने छ । यो एंगल दुवै पाङ्ग्रामा लागु हुने छ । यो मोटरसाइकलमा बटमलेस स्टार्ट फिचरसमेत रहेको छ । मोटरसाइकलमा इन्टिग्रेटेड नेभिगसन सिस्टम सहित ७ इन्चको टचस्क्रिन डिस्प्ले हुने छ ।

यो मोटरसाइकल कहिले बजारमा आउने छ र मूल्य कति हुने छ भन्ने बारे भने केही खुलाइएको छैन ।


Back_to_top