काठमाडौं । यातायात व्यवस्था विभागले असार मसान्तभित्र ट्रायलको काम सम्पन्नगरि राजश्व मिलान गर्नुपर्ने भन्दै आवेदन प्रक्रिया स्थगन गरेको छ । सवारी चालक अनुमतिपत्र लिनेको संख्या बढेसंगै विभागले तत्कालका लागि अनलाइन आवेदन फारम भर्न स्थगित गरेको हो ।
विभागका प्रवक्ता तुलसी राम अर्यालले चालु आर्थिक वर्षमा भएका कामकारबाहीको हिसाब गरि राजश्व मिलान गर्नुपर्ने भएकाले फारम भर्न रोक लगाइएको बताए । मेरो अटो डटकमसंग कुरा गर्दै अर्यालले भने, ‘तत्कालका लागि अनलाईन फारम भर्न रद्ध गरिएको छ । फारम भरेकाहरुले भने ट्रायल दिन पाउनेछन् । असार मसान्तसम्ममा ट्रायलसम्बन्धी काम सम्पन्न गर्ने योजना अनुसार आवेदन प्रक्रिया स्थगन गरिएको हो ।’
विभागका अनुसार काठमाडौं उपत्यकाका एकान्तकुना, चावहिल, सुकेधारा, ठूलो भर्याङ, स्वयम्भू, जगातीका अतिरिक्त साविकका मेची, कोशी, सगरमाथा, जनकपुर, धवलागिरी, नारायणी, लुम्विनी, गण्डकी, राप्ती, कर्णाली, सेती, भेरी, महाकाली अञ्चलमा समेत आवेदन फारम तत्कालका लागि स्थगित गरिएको छ ।
ट्रायल दिन बाँकी रहेकालाई असार १५ गतेसम्म दिन पाउने व्यवस्था मिलाउने बताउँदै उनले, असार महिनाका लागि भरेका सबै फारम रद्द गर्नेसमेत निर्णय गरेको जानकारी दिए ।