काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीको लागि नेपालको आधिकारीक वितरक भीजी सुजुकीले बीएस ६ स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीले सुजुकी एसेस १२५ को बीएस ६ भर्सन नेपाल ल्याएको हो ।
कम्पनीले नेपाल ल्याएको बीएस ६ इन्जिन एसेसमा केही परिर्वतन समेत देख्न सकिन्छ । कम्पनीले यसमा नयाँ एलइडी लाइट, एलइडी पोजिनशन लाइट, ब्याक फ्यूल ट्याङक, कम्बी ब्रेकिङ सिस्टम जस्ता फिचर थप गरेको छ ।
हाल निषेधाज्ञाका कारण बजार बन्द रहेको अबस्थमा नेपाल प्रवेश गरेको यो स्कुटर निषेधाज्ञा खुलेसँगै विक्री सुरु हुनेछ ।
यो स्कुटरमा १२४ सीसी बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ८.५८ पीएस पावर तथा ५००० आरपीएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ । यसको फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक रहेको छ । त्यस्तै यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा स्वीङ आर्म सस्पेन्सन रहेको छ ।
यो स्कुटरको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

