काठमाडौं । महिन्द्रा स्कर्पियो नयाँ जेनेरेशन मोडलमा प्रिमियम फिचर समावेस हुने पक्का भएको छ । कम्पनीले अगस्टबाट विक्री सुरु गर्ने तयारी गरेको भएपनि कोभिड १९ संक्रमणको कारण केही समय पछाडि धकेलिने अनुमान गरिएको छ । अहिले विभिन्न माध्यमबाट नयाँ जेनेरेशन स्कर्पियोमा रहेका फिचरहरु बाहिर आएकोसँगै यसमा प्रिमियम फिचर रहने पक्का भएको हो ।

स्कर्पियोको नयाँ जेनेरेशन मोडलमा कालो कलरको ड्यासबोर्ड, नयाँ मल्टी फङ्सनल फ्ल्याट बटम स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल जस्ता फिचर प्रस्टसँग देखिएको छ । ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम, त्यसको ठिक तल एसी भेन्ट दिइएको छ । साथै, मिडिया कन्ट्रोल बटम, डिफगर, हजार्ड लाइट बटम, ३६० डिग्री क्यामेरा, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, हिटर, हिल्ड होल्ड एसिस्ट जस्ता फिचर रहने छन् ।
सुरक्षा फिचर र प्रिमियम क्यावीन नयाँ जेनेरेशन स्कर्पियोमा रहने छ । यसमा एयरव्याग, ह्वील स्टेविलिटी मेनेजमेन्ट, कनेक्ट कार फिचर, सनरुफ, पुस बटम स्टार्ट/स्टप फिचर, एबीएस, इबीडी, स्पीड अलर्ट, पार्किङ सेन्सर जस्ता फिचर रहने छन् ।
नयाँ जेनेरेशन स्कर्पियो पहिलो पटक पेट्रोल र रेगुलर डिजेल दुबै इन्जिन अप्सनमा आउने छ । यसमा २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन दिइने छ । पेट्रोल इन्जिनले अधिकतम १५० पीएस पावर र डिजेल इन्जिनले १३० पीएस पावर प्रदान गर्ने छ । यी इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स उपलब्ध रहने छ । यसलाई कम्पनीले टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टम सहित बजारमा ल्याउने छ ।
ट्वीन पड एलइडी प्रोजेक्टर हेडल्याम्प, सी आकारको डे टाइम रनिङ लाइट, एलइडी फगल्याम्प, १० स्पोक अलोय ह्वील जस्ता फिचरले नयाँ जेनेरेशन स्कर्पियोलाई अब्बल बनाएको छ ।

