३३४ हर्स पावर प्रदान गर्ने ह्याचव्याक ‘आइडी-एक्स’, यस्तो छ कन्सेप्ट

काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्सवागन आक्रमकरुपमा विद्युतीय कार उत्पादनमा लागेको छ । कम्पनीले विद्युतीय कारमा ठूलो लाइनअप तयार गर्दैछ । यस्तोमा कम्पनीका सीइओ राफेल ब्राण्डेस्टरले आफ्नो आधिकारीक लिङ्कडीन एकाउन्ट मार्फत ‘आइडी-एक्स’को कन्सेप्ट सार्वजनिक गरेका हुन् ।

निकै आक्रमक डिजाइनमा देखिएको आइडी एक्स मोडल यसअघि सार्वजनिक भएको आइडी फोर जिटीएक्सभन्दा पनि पावरफुल रहेको छ । यसले सून्यदेखि १०० किलोमिटरको रफ्तार केवल ५.३ सेकेन्डमा भेट्टाउने दावी गरिएको छ ।

यो कन्सेप्ट कारले ३३४ हर्स पावर प्रदान गर्ने जनाइएको छ । यद्यपी यसको तत्काल उत्पादन गर्ने योजना भने नरहेको कम्पनीका सीइओ राफेलले बताएका छन् । उनि भन्छन्, ‘विद्युतीय गाडीको विकासमा हाम्रो इन्जिनियरहरुको टीम काम गरिरहेको छ । उनिहरुले यस्ता धेरै खोज र डिजाइन तयार गरेका छन् । हामी विद्युतीय पावरको परिक्षणमा रहेका छौं।’

कम्पनीले यसलाई परिक्षण उत्पादन भने गर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।


Back_to_top