नयाँ वर्ष अफरः मासिक किस्ता २३ हजारमा ‘फ्यामली कार’

काठमाडौं । मारुती सुजुकीले मासिक २३ हजार ६९० रुपैयाँमा किस्ता तिरेर चढ्न मिल्नेगरी स्कीम ल्याएको छ । कम्पनीले ल्याएको नयाँ वर्ष २०७९ को स्कीममा सिधैँ १ लाख नगद छुट, स्क्र्याचकार्ड मार्फत १५ हजार हजारदेखि ७५ हजारसम्म नगद छुट दिने उल्लेख छ ।

अहिले मारुती सुजुकी सेलेरियो एलएक्सआई भेरियन्टको मूल्य २७ लाख ९९ हजार तोकेर सिजी मोटोकर्पले विक्री गर्दै आएको छ । यसमा कम्तीमा नगद छुट दिने रकम घटाउँदा गाडीको मूल्य २६ लाख ८४ हजार रुपैयाँ हुन आउँछ । सेलेरियोको अन्य दुई भेरियन्ट जेडएक्सआईको २९ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तिय संस्थाले लगानी योग्य रकम अभावमा कर्जा प्रबाह कम गरेपनि अहिले केही दिनदेखि कर्जा राम्रै संख्यामा दिदै आएका छन् । गाडी खरिदको लागि औषत १२ प्रतिशत व्याजदरमा कर्जा पाउने अवस्था रहेको छ ।

सेलेरियोको इन्ट्री भेरियन्ट किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी १३ लाख ४२ हजार रुपैयाँ ७ वर्ष भित्र मासिक २३ हजार ६९० रुपैयाँ तिर्नेगरी गरिद गर्न सक्ने छन् ।

मासिक किस्ताको पूर्ण विवरण थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

निकै आकर्षक लुक्समा तयार भएको नयाँ जेनेरेशन सेलेरियो उच्च माइलेज दिने ह्याचव्याक हो । १.० लिटर ड्यूलजेट इन्जिन, आइडियल स्टार्ट÷स्टप सिस्टम समेत रहेकोले यसको माइलेज २६.६८ किलोमिटर प्रतिलिटरसम्म रहने कम्पनीको दावी छ । तर, यसलाई नेपाली सडकमा गुडाउँदा करिब १८ किलोमिटर हाराहारी माइलेज दिन्छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । म्यानुयल गियरबक्समा नेपालमा विक्री हुने यो पारिवारीक कार विगतमा पनि निकै सफल भएको थियो ।

लम्बाई र उचाई पहिलेको मोडल जस्तै समान ३६९५ एमएम र १५५५ एमएम रहेको नयाँ सेलेरियोको चौडाई भने ५५ एमएम बढी रहेको छ । यसको चौडाई १६५५ एमएम छ । ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

पहिलो पटक सेलेरियोको माथिल्लो भेरियन्टमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर उपलब्ध छ भने, क्यावीन पहिलेको भन्दा प्रिमियम रहेको छ ।


Back_to_top