सुजुकीले भारतमै बनाउने भयो पहिलो एडभेन्चर बाइक

सुजुकी मोटरसाइकले भारतमा आक्रमक रुपमा बजार बिस्तार गर्ने रणनीति बनाएको छ । कम्पनीले १५० सीसी जिक्सर र २५० जिक्सर एसएफ केही समय अगाडि भारतमा सार्वजनिक गरेको थियो भने २५० जिक्सरको नेकेड भर्सन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले अब एड्भेन्चर बाइकमा पनि आफ्नो स्थान खोज्न सुरु गरेको छ । बिभिन्न मिडिया रिपोर्टका अनुसार सुजुकीले २५० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने भएको हो । कम्पनीले ल्याउने नयाँ बाइकले रोयल इन्फिल्ड हिमालयन, बिएमडब्ल्यू ३१० जीएस र हिरो एक्सपल्ससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सुजुकीले यो एडभेन्चर मोटरसाइकललाई आफ्नो इन्ट्री लेवल भनेको छ भने यसको मूल्य भने २ लाखदेखि २ लाख ५० हजारसम्म हुने अनुमाना गरिएको छ ।

सिंगल सिलिन्डर इन्जिनमा आउने उक्त एडभेन्चर बाइकमा जिक्सर २५० को इन्जिननै दिनसक्ने अनुमान गरिएको छ । यसमा अधिकांस फिचरहरु भी स्ट्रोमबाट लिइने छ । संभवत कम्पनी नयाँ मोडलको नाम भी स्ट्रोम २५० नै राख्ने छ उक्त मोडल सार्वजनिक गर्ने मितिका विषयमा भने कम्पनीले केही जानकारी दिएको छैन ।


Back_to_top