सुजुकीले ल्यायो १२५ सीसीको GSX-R 125

काठमाडौं । सुजुकी मोटरसाइकलले विश्वमा कोरोना असर केही कम हुन थालेको समयमा जिएसएक्स–आर १२५ मोटरसाइकल बजारमा उतारेको छ । सुरुवातमा कम्पनीले यसलाई जापानी बजारबाट बिक्री सुरु गरेको हो ।

कम्पनीले जिएसएक्स-आर १२५ मा १२४.४ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १० हजार आरपीएममा १४.८ बीएच पावर र ८००० आरपीएममा ११.५ एनएम टर्क प्रदान गर्नेछ ।

यसमा कम्पनीले ६ स्पीडको गियरबक्स दिएको छ । यो मोटरसाइकलको कुल तौल १३४ किलोग्राम रहेको छ । फुल डिजिटल डिस्प्लेको, किलेस इग्निसन, ड्यूल च्यानल एबीएस, प्रिमियम अलोय ह्वीलको साथ आएको यो मोटरसाइकलको जापानी बजारमा मूल्य ३ लाख ९३ हजार ८०० यन तोकिएको छ ।

यो मोटरसाइकललाई कम्पनीले लाइफ स्टाइल प्रडक्टकोरुपमा बजारमा ल्याएको हो । अन्तर्राष्ट्रिय बजारमा मोटरसाइकलको मोडल थप गर्दै आक्रमक बजार विस्तारमा लागेको सुजुकीको यो मोटरसाइकल अहिले निकै चर्चा भइरहेको मोडलमा पर्छ ।

नेपाल पनि सुजुकीका मोटरसाइकल सुजुकी भीजीले बिक्री वितरण गर्दै आएको छ । तर, यो मोटरसाइकल विश्वका कुन–कुन देशमा बिक्री हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


Back_to_top