नेपाली र भारतीय बजारमा मारुती सुजुकीले सुतो कार निर्माण गर्छ भन्ने आम–नागरिकलाई थाहा भएको विषय हो । अब कम्पनीले विश्वव्यापीरुपमा चर्चामा रहेको इलेक्ट्रीक कार उत्पादनलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने संकेत दिएको छ ।
कम्पनीले सन् २०१५ मा टोकियो मोटर–शोमा सार्वजनिक गरेको कन्सेप्ट कारलाई अब उत्पादनमा चाले तयारी गरेको अनुमान गरिएको छ । कम्पनीले सधैँ मध्यम वर्गीय परिवारलाई लक्षित गरेर कारहरू बनाउँदैआएकोमा माईटी डेकलाई पनि मध्यमवर्ग लक्षित गरेर ल्याउन लागेको अनुमान गरिएको छ ।
माईटी डेक सुजुकी कन्सेप्ट कार इलेक्ट्रीक भर्सनमा हुने कम्पनीले जनाएको छ । यो कारको उचाई पाँच फिटमात्र हुनेछ भने लम्बाई करिब ११ फिट र चौडाई चार फिट रहनेछ । कम्पनीले माईटी डेक कारलाई टोकियो मोटर–शोमा ब्राइट एल्लो कलरमा प्रदर्शनीमा राखेको थियो ।
माईटी डेक कन्सेप्ट कारमा हेडल्याम्प नितान्त फरक लुक्सको निर्माण गरिएको छ । साथै, कालो प्लास्टिक बम्पर, बोल्ड क्रोम तथा काठको स्कीड प्लेटको प्रयोगले कारलाई निकै रोमाञ्चक बनाएको छ ।
माईटी डेकमा दुई सिट क्षमता रहने कम्पनीले जनाएको छ । दुईवटामात्र सिट रहने हुनाले यसमा बुट स्पेसको भाग खुल्ला रहनेछ । यसलाइ बन्द गर्न सकिन्छ या सकिदैन कम्पनीले यसबारेमा केही जनाएको छैन ।
कारको स्टेरिङ सेमिसर्कल डिजाइनमा निर्माण हुनेछ भने नेभिगेसनसहितको इन्फोटेन्मेन्ट सिस्टम पनि उक्त कारमा उपलब्ध हुनेछ । कारको ड्यासबोर्डमा एलईडी लाइट जडान हुने जनाइएको छ । समय, मिति, तापक्रमलगायतका सूचना कारमा पाउन सकिनेछ । यो कारमा कालो तथा सिल्भर कम्वाइन कलरमा अलोए ह्वील दिइनेछ, जसले कारलाई निकै आक्रर्षक बनाउनेछ ।