भारतीय बजारमा सवारी उपभोक्ताको रोजाई दिनानुदिन परिवर्तन हुँदै गइरहेको छ । विगतमा उच्च माग भएका कारहरूको अहिले तिनको बिक्री नगन्य मात्रामा रहेको छ । यो कुरा भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा र टाटा मोटर्सका उत्पादनमा पनि लागू हुन्छ ।
टाटा र महिन्द्राका ३ मोडलको माग पछिल्लो समय ज्यादै न्यून रहेको छ । कम्पनीको नाफामा ती मोडलको योगदान शून्य प्रायः छ । महिन्द्राको नोभास्पोर्ट पनि यो सूचीमा छ । कम्पनीकाअनुसार उक्त सवारीको उत्पादन बन्द भएपछि उपभोक्ताको चाहानाअनुसार नयाँ पोर्टफोलियामा सवारी उत्पादन हुनेछ ।
महिन्द्रा नोभास्पोर्ट
महिन्द्राले नोभास्पोर्टमा केही परिवर्तन गरी बजारमा ल्याएको थियो । तर, उक्त कारलाई उपभोक्ताले रुचाएनन् । २०१८ को पहिलो ५ महिनामा महिन्द्रा नोभास्पोर्ट जम्मा ५ वटामात्र बिक्री भएको हो । मे महिनामा उक्त कार एउटा पनि बिक्री भएन । त्यसैले कम्पनीले यो कारको उत्पादन छिट्टै बन्द गर्न सक्छ ।
महिन्द्रा भेरिटो
२०१७ को अन्तिम ६ महिनामा महिन्द्राको भेरिटो ३ सयवटाभन्दा कम बिक्री भएको थियो । उपभोक्ताले यो कार मन पराउन छाडेकाले यो कारको उत्पादन बन्द हुने देखिन्छ । भेरिटोको विद्युतीय भर्सनमात्र उत्पादन हुने अनुमान गरिएको छ । कम्पनीले भेरिटोको डिजेल भर्सनलाई निरन्तरता नदिने देखिन्छ । यो वर्षको ५ महिनामा यो कार ५ सयवटामात्र बिक्री भएको थियो ।
टाटा नानो
टाटा मोटर्सले सबैभन्दा सस्तो कार टाटा नानो २००९ मा सार्वजनिक ग¥यो । २०१८ को महिलो ५ महिनामा नानो कार २ सय ५ वटामात्र बिक्री भएको छ । त्यसैले टाटाले यो कारको उत्पादन पनि बन्द गर्न सक्ने देखिन्छ ।
तर, यी कुनैपनि मोडल नेपाली बजारमा उपलब्ध छैनन् । एक समय निकै चर्चामा रहेको टाटा नानोसमेत अहिले नेपाली बजारमा बिक्री वितरण बन्द भएको सिप्रदी ट्रेडिङले जनाएको छ ।