सुजुकीको फेस्टिभ अफर : ६ लाखसम्म नगद छुट, १ वर्षसम्म शून्य ब्याजदर

काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ ।

कम्पनीले नजिकँदै गरेका दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, १ वर्षको सवारी बीमा, ६ वर्षको लागि निःशुल्क पीएमएस पाट्र्स, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र एसेसरिजहरू पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले आजदेखि सुरु भएको नाडा अटो शो २०२५ लाई लक्षित गर्दै स्क्र्याच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको छुट दिने भएको छ । १० जना भाग्यशाली ग्राहकले १/१ तोला सुन जित्न सक्ने छन् ।

कम्पनीले अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध गराएको छ । यसमा केही शर्तहरू लागू हुनेछ ।


Back_to_top