काठमाडौं । बहुप्रतिक्षित हिरो एक्सपल्स २१० नेपालमा प्रदर्शन भएको छ ।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले आजदेखि सुरू भएको नाडा अटो शो २०२५ मा हिरो एक्सपल्स २१० प्रर्दशन गरेको हो ।
त्यस्तै, कम्पनीले एक्सपल्ससँगै अन्य ४ मोडल पनि प्रदर्शन गरेको छ ।
नाडामा देखाइएको एक्सपल्स २१०को बिक्री भने अहिले सुरू नहुने कम्पनीले बताएको छ । सम्भवत: फेस्टिभ सिजनको अन्तिमसम्ममा यसको डेलिभरी सुरू हुनेछ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकको दिइएको छ । यसमा ट्यांक एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।
यो मोटरसाइकलमा इन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।

