यस्तो छ नाफामा सुजुकी र बिएमडब्ल्युको टक्कर

जापानी कार निर्माता कम्पनी सुजुकी विश्वकै सबैभन्दा धेरै नाफा मार्जिन हासिल  गर्ने कम्पनी भएको छ । उसले जर्मन लग्जरी कार निर्माता कम्पनी बिएमडब्ल्युलाई पछिपार्दै पहिलो स्थान कब्जा गरेको हो ।

सुजुकीको नाफा मार्जिन ११.८ प्रतिशत रहँदा बिएमडब्ल्युको मार्जिन ११.४ प्रतिशत रहयो । त्यसमध्य पनि सुजुकीको सबैभन्दा बढी नाफा भारतीय कम्पनी मारुतीबाट भएको छ । सुजुकीको नाफा वृद्धिमा मारुतीको अहंम भूमिका देखिएको छ ।

पछिल्लो समय बिएमडब्ल्यु निकै दबाबमा रहेको छ । विश्वकै सबैभन्दा बढी लग्जरी कार निर्माण र बिक्री वितरण गर्ने कम्पनीलाई विगत २ वर्षदेखि मर्सिडिजले उछिनेको छ ।

एडवार्डको रिपोर्ट अनुसार डिजेल स्क्यान्डल र अमेरिकी ट्रेडवारको कारण बिएमडब्ल्यु निकै चुनौति पूर्ण अवस्थामा रहेको हो । यसका बाबजुद कम्पनी सबैभन्दा धेरै नाफा गर्ने कम्पनीमा भने अझै कायम रहेको छ । सुजुकीले उसलाई गत क्वाटरमा मात्रै उछिनेको हो । सुजुकी र बिएमडब्ल्युपछि सबैभन्दा धेरै नाफा वृद्धि गर्ने कम्पनीमा डिमलर, फक्सवागेन रहेका छन् ।

सुजुकीको फोकसमा भारत

सुजुकीले भारतीय बजारमा आफ्नो बिक्री बढाउन छुट्टैप्लान बनाइरहेको भारतीय मिडियाले बताएका छन् । जसमा २०२० सम्ममा कम्पनीले वार्षिक २० लाख कार बनाउने र सन् २०३० सम्ममा त्यसलाई बढाएर बार्षिक ५० लाख उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ । त्यसको लागि कम्पनीले भारतमा ३ वटा प्लान्टबाट उत्पादन गरिरहेको छ भने अझै कम्पनी भारतीय बजारमा एक करोड डलर लगानी थप गर्ने घोषणासहित काम गरिरहेको छ ।  


Back_to_top