फिचर थपिएर आयो टेल्जी लायन स्कुटर, यस्तो छ नयाँ मूल्य

काठमाडौं । टेल्जी लायनको लिथियम लिफेपो ‘लिथियम आइरन फोस्पेट’ भर्सनमा फिचर थपिएर आएको छ ।

टेल्जी इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी योम माई मोर्टले नयाँ फिचर थपिएको लायनको बिक्री सुरू गरेको हो ।

कम्पनीले अपडेटेड स्कुटरको मूल्य ३ लाख ३३ हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरू गरेको हो ।

कम्पनीले अपडेटसहित ल्याएको स्कुटरमा थप फिचरको रुपमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मुथ एशिलरेशन, ब्राइटर हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट की जलगायत फिचर रहेको कम्पनीले जनाएको छ ।

टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिफेपो ब्याट्री प्याक रहेको छ । यसलाइ एकपटक फुलचार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

टेल्जी लायन नयाँ भर्सनमा ब्लुटूथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसका अलावा की-लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरू समावेश छन् ।


Back_to_top