यस्तो हुनेछ महिन्द्राको प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । महिन्द्राको नयाँ इलेक्ट्रीक कार एक्सयूभी ‘ई-८’को प्रोडक्सन मोडल पहिलो पटक बाहिर आएको छ । परीक्षण गरिरहेको जस्तो देखिने तस्विरले नयाँ एसयूभीको विषयमा धेरै कुरा बाहिर ल्याएको हो ।

झट्ट हेर्दा अहिले महिन्द्राले बिक्री गर्दै आएको एस्यूभी ७०० जस्तै बोनेट, ढोका, सि पिलर र रुफलाइन नयाँ इलेक्ट्रीक मोडलमा देखिएको छ । साथै, कम्पनीले देखाएको ई-८ कन्सेप्टसँग मिल्दोजुल्दो प्रोडक्सन मोडल देखिन्छ ।

तस्बिरमा देखिएको नयाँ इलेक्ट्रीक मोडलको अगाडि फेसियामा खासै केही काम भएको छैन । यसको मतलव ई-८को अगाडि धेरै ठूलो परिवर्तन हुने छैन । तर, अगाडिको भागलाई पृथक र आधुनिक बनाउन वारपार एलइडी लाइट सहितको हेडल्याम्प दिनेछ ।

यसको इन्टेरियर पनि एक्सयूभी ७०० कोभन्दा फरक रहने छ । कम्पनीले यसमा ३ वटा स्कृन प्रदान गर्नेछ । धेरै कुरा स्कृनबाटै कन्ट्रोल गर्नेगरी आउने ई-८ मा आधुनिक फिचरहरु रहने छ ।

महिन्द्राले यसमा ८० किलोवाट आवरको ब्याट्री दिनेछ । साथै, यसको पावर पनि २३० पीएसदेखि ३५० पीएससम्म रहने बताइएको छ । कम्पनीले यसलाई डिसेम्बर २०२४ मा बजारमा उतार्ने यसअघि नै घोषणा गरिसकेको छ ।


Back_to_top