के पेट्रोल कारभन्दा ईभी असुरक्षीत हुन् ?

काठमाडौं । विश्वास गर्नुहोस् वा नगर्नुहोस्, पाङ्ग्रमा गुड्ने सबै साधन सुरक्षाको दृष्टिकोणले खतरा हुन्छन् । यातायातका साधन पूर्ण रूपमा दुर्घटना प्रतिरोधी हुन सक्ने कुरै भएन । यस्ता कुरा सपनाको संसारमा मात्रै सम्भव होलान् ।

दुर्घटना घटाउन सकिन्छ । तर, हटाउन सकिँदैन । जब विद्युतीय सवारीसाधनको कुरा आउँछ, रेन्जको चिन्ता मात्र होइन, ब्याट्रीको अवस्था र यसको सुरक्षाको विषयले पनि चिन्तित बनाउँछ ।

बिस्तारै धेरै संख्यामा ईभी सडकमा गुड्न थालेका छन् । उपभोक्ताले विद्युतीय कारको ‘ड्राइभिङ डाइनामिक्स’मा बानी बसाल्दैछन् । जहाँसम्म सर्वाधिक चासो सुरक्षा र दुर्घटनामा के हुन्छ भन्ने छ । त्यसलाई नै समाधान गर्न कार निर्माताहरुले आफ्ना नवीनतम मोडेलहरू राम्रो सुरक्षा र दुर्घटना रोकथाम प्रविधि दिएर ल्याएका छन् ।

बिद्युतीय कारहरू मौलीक रूपमा धेरै तरिकाबाट फरक छन् । साथै, यसका दुर्घटनाको असरहरु पनि फरक पाइन्छ । यदि तपाईं ईभीलाई लिएर दुर्घटनापछि आगो लाग्छ भन्ने विषयमा चिन्तित हुनुहुन्छ भने, यहाँ बुझ्नु पर्ने कुरा दुर्घटनामा सबै किसिमका कारहरूमा आगो लाग्न सक्छ भन्ने हो ।

ठूलो दुर्घटनामा पेट्रोल, डिजेल वा ब्याट्री जुनसुकै इन्धनबाट चल्ने कारमा आगो लाग्ने जोखिम रहन्छ । लिथियम आयोन ब्याट्रीमा इनर्जी डेन्सीटी बढी हुन्छ र यसमा प्रयोग गरिएको इलेक्ट्रोलाइटमा विस्फोटक क्षमता अत्याधिक हुन्छन्, त्यसैले थर्मल रनवे हुने सम्भावना बढि हुन्छ ।

यद्यपि, त्यस्ता समस्याहरू विरुद्ध लड्न, उत्पादकहरूले ब्याट्रीलाई ओभर चार्ज र सर्ट सर्किटबाट बचाउन फ्युज र सर्किट ब्रेकरहरूको प्रयोग गरेका हुन्छन् । यी चिजको प्रयोगले दुर्घटना भएको खण्डमा आगलागी हुनबाट बचाउँछ । ब्याट्रीमा एक विशेष प्रकारको ‘पाइरोफ्यूज’ भनिने यन्त्र जडित हुन्छ, त्यसले कुनै दुर्घटना वा ठूलो समस्या भएमा हाइ भोल्टेज ब्याट्रीलाई प्रणालीबाट तुरुन्तै विच्छेद गर्छ । जसको कारण सवारी साधनमा करेन्ट प्रवाह बन्द हुन्छ ।

त्यस बाहेक पनि ठूलो ब्याट्रीमा ठूला साना ब्याट्री सेलहरू स्मार्ट रूपमा राखिएका हुन्छन् । कुनै सेलमा आगोनै लागेपनि आगो फैलिनबाट रोक्न आगो प्रतिरोधी आवरण मार्फत एकअर्कालाई छुट्याइएको हुन्छ । आधुनिक ब्याट्रीहरू सम्भावित दुर्घटनासँग लड्नका लागि राम्रोसँग डिजाइन र इन्जिनियर गरिएको हुन्छ । त्यसैले यी ब्याट्री कार सुरक्षीत मानिन्छन् ।

दोस्रो, विद्युतीय साधनहरु परम्परागत साधनभन्दा केही बढि तौलका हुन्छन् । जसले गर्दा कुनै पनि दुर्घटनाको समयमा, विद्युतीय कारको ‘सेन्टर अफ ग्राभिटी’ कम हुने भएकोले तुलनात्मक रूपमा रोल ओभर हुने सम्भावना कम रहन्छ ।

उदाहरणको लागि नेक्सनको पेट्रोल मोडेलको तुलनामा इभी लगभग २०० केजी बढी तौलको छ, त्यस्तै एक्सयूभी ४०० को मामलामा पनि त्यस्तै हो । यी कारमा कुनै पनि पेट्रोलियम पदार्थबाट चल्ने कार ढोकिएको खण्डमा बढी इम्प्याक्ट कम तौल भएका कारमा नै पर्छ ।

धेरै तौल भएका गाडीलाई अचानक रोक्नु परेको खण्डमा दुरी धेरै चाहिन्छ । यसले अगाडिको बस्तुसँग ठोकिने खतरा भने हुन्छ । तर, प्रविधिमा भएको सुधार र इन्जिनियरिङको उन्नतीले यस्ता समस्या सहजै समाधान गरेको छ ।

बिस्तारै धेरै संख्यामा ईभी सडकमा गुड्न थालेका छन् । उपभोक्ताले विद्युतीय कारको ‘ड्राइभिङ डाइनामिक्स’मा बानी बसाल्दैछन् । जहाँसम्म सर्वाधिक चासो सुरक्षा र दुर्घटनामा के हुन्छ भन्ने छ । त्यसलाई नै समाधान गर्न कार निर्माताहरुले आफ्ना नवीनतम मोडेलहरू राम्रो सुरक्षा र दुर्घटना रोकथाम प्रविधि दिएर ल्याएका छन् ।

जहाँसम्म आगोको सवाल छ, ईभीमा आगो लाग्ने सम्भावना लगभग पेट्रोल/डिजेलबाट चल्ने कार जस्तै हो । राम्रो कार र सुरक्षीत सडक निर्माण अहिले विश्वभर चलिरहेको काम हो । उपभोक्ताको मनोवल बढ्न भने केही समय लाग्नु स्वभाविक हो ।

– एजेन्सीहरूकाे सहयाेगमा


Back_to_top