एमजीले ग्राहकलाई दियो चार्जिङ सम्बन्धी ६ टिप्स

काठमाडौं । मोरिस ग्यारेज (एमजी)को आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो विद्युतीय गाडी चढ्ने ग्राहकलाई होम चार्जरको प्रयोग सम्बन्धी ६ वटा टिप्स दिएको छ ।

कम्पनीले एमजीका ग्राहकलाई २ किलोवाटको एसी चार्जर जडान गर्न कम्तीमा घरमा १३ एम्पियर करेन्ट धान्ने मिटर हुनुपर्ने उल्लेख गरेको छ । कम्पनीले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेको छ, ‘गाडी चार्ज भइरहेको बेलामा यदि ५०० वाटभन्दा माथिका कुनै उपकरण हिटर, इन्डक्सन, गिजर चलाउनु पर्ने हुन्छ भने घरमा ३२ एम्पियरको एमसीबी जडान गर्नुपर्छ ।’

साथै कम्पनीले २ किलोवाट क्षमताको चार्जर चलाउँदा चहिने र ध्यान दिनु पर्ने विषयलाई बुँदागत रुपमा यसरी उल्लेख गरेको छ ।

१. अनिर्वाय १६ एम्पियरको सप्लाई हुनुपर्छ ।

२. २३० भोल्टको करेन्टबाट १५ प्रतिशत हाराहारीको पावर खपत गर्ने भएको हुनाले पावर तलमाथि छ भने स्टेवलाइजर प्रयोग गर्नु पर्छ ।

३. घरमा अनिर्वाय अर्थिङ हुनुपर्छ ।

४.चार्जर अनुसार करेन्ट सप्लाई सकेट ३ पीनको हुनुपर्छ ।

५. १६ एम्पियरको पावर सकेट प्रयोग गर्न उपयुक्त हुन्छ ।

६. २.५ एमएम स्क्वायर क्षमताको तार प्रयोग गरेर पायक पर्ने स्थानमा चार्जरलाई जडान गर्न सकिन्छ ।

यसरी चार्ज गर्नु सहि तरिका भएको उल्लेख गर्दै कम्पनीले लेखेको छ, ‘सहि तरिकाले चार्ज गरौं, सुरक्षित चार्ज गरौं।’


Back_to_top