नेटाको ‘मेगा-एक्स्चेन्ज अफर’, बीस वर्ष पूरानो कारलाई कम्तीमा ४ लाख दिने

काठमाडौं । तपाईसँग २० वर्ष पुरानो सामान्य कार छ भने पनि त्योसँग नेटा भी एक्सचेन्ज गर्नेलाई कम्पनीले ४ लाख मूल्याङ्क दिने जनाएको छ । कम्पनीले सुरु गरेको महा–एक्सचेन्ज अफरमा ग्राहकले यो सुविधा पाउने भएका हुन् ।

पुराना कारसँग ईभी साट्न चाहने ग्राहकलाई मध्यनजर गर्दै यो स्कीम ल्याएको कम्पनीको दावी छ । अहिलेको समयमा पुरानो गाडीमा दिइएको न्यूनतम ४ लाख मूल्याङ्कन उत्कृष्ट मानिन्छ ।

नेटाको एक्सचेन्ज क्याम्पमा आफ्नो २० वर्ष पूरानो जुनसुकै सवारी साधन आधुनिक नेटा एक्चेन्ज गर्दा ग्राहकले न्यूनतम मूल्याङ्क ४ लाखको अलावा टुल्स सहितको स्पेयर टायर, ६.६ किलोवाट एसी फास्ट चार्जर समेत पाउने छन् ।

डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको नेटा भीमा कम्पनीले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । त्यसैगरी नन् मुभिङ एक्टेरियर पार्टस्मा १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले एक्सचेन्ज स्कीमसँगै सहजै ८० प्रतिशतसम्म फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । यो योजना सिमित समयका लागि रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top