काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी होन्डा मोटर्सले अमेरिकाको लस एन्जलसमा चलिरहेको ‘कन्जुमर इलेक्ट्रोनीक्स शो २०२४’मा जीरो सिरिज भन्दै नयाँ ईभी कन्सेप्ट देखाएको छ । ‘सलुन र स्पेश हव’ नाम दिएको यी कन्सेप्ट कार होन्डाको इलेक्ट्रीक भेहिकल ब्राण्डको रि–लन्चसमेत हो ।
होन्डाले इलेक्ट्रीक भेहिकल रेन्जको ‘फ्रेस अप्रोच’मा काम गर्दै थियो । त्यसबाट फर्किएर जीरो सिरिजमा अगाडि बढ्ने सन्देश दिएको हो । नयाँ ईभी कन्सेप्टहरु इफिसीयन्सी, हलुका, पर्याप्त स्पेश, सेफ्टी र ड्राइभमा इन्जोयमेन्टलाई ब्राण्ड मुख्य लक्ष्य बनाउने देखिन्छ ।
होन्डाले सन् २०४० सम्ममा फुल्ली इलेक्ट्रीक कार मात्रै बनाउने लक्ष्य राखेको छ ।
सलुन र स्पेश हब कन्सेप्ट
होन्डाको सलुन कन्सेप्ट कम उचाई भएको चार सिट क्षमताको कार हुनेछ । यसलाई नयाँ डेडिकेटेड ईभी प्लेटफर्ममा बनाउने होन्डाले जनाएको छ । त्यस्तै स्पेश हब अन्तर्गत ठूलो र बक्सी डिजाइनको एसयूभी हुनेछ । यो कन्सेप्टमा एमपीभी र एसयूभीको मिश्रण पाइन्छ ।

दुबै कन्सेप्टमा अगाडिबाट ‘सुइपस्अप’ भई भेहिकलको रियर इन्डसम्म कन्टिन्यू भएको फ्लुड वाइड स्कृन रहेको छ । होन्डाले देखाएको यी कन्सेप्टहरु अहिले रहेका भेहिकलको रिप्लेसमेन्ट नभई ब्राण्डको नेक्स्ट जेनेरेशन ईभीको योजन हो ।
कम्पनीले सलुनको प्रोडक्सन भर्सन आगामी २ वर्ष भित्र सार्वजनिक गरिसक्ने जनाएको छ ।

