ट्याङ्क ३०० को बुकिङ खुला, यस्तो छ मूल्य

काठमाडौं । ग्रेटवाल मोटर्सले आफ्नो बहुप्रतिक्षित मोडल ‘ट्याङ्क ३००’ नेपाली बजारमा ल्याएको छ । जीडब्लूएमको आधिकारीक बिक्रेता भीजी इम्पेक्सले हाइब्रिड एसयूभी ट्याङक ३०० को बुकिङ खुल्ला गरेको हो ।

सन् २०२१ मा पहिलो पटक जीडब्लूएमले ट्याङ्क सिरिजमा दुई मोडल देखाएको थियो । सात सिट क्षमताको ट्याङ्क ५०० र पाँच सिट क्षमताको ट्याङ्क ३०० थिए । यी दुबै मोडल नेपाली बजारमा उपलब्ध हुने भएको हो ।

ट्याङ्क ३०० र ५०० दुबै मोडलमा २.० लिटर टर्बो पेट्रोल इन्जिन हाइब्रिड टेक्नोलोजीको साथ उपलब्ध छ । यसमा नाइन स्पीड अटोमेटीक गियरबक्स पाउन सकिन्छ । हाइब्रिड एसयूभीको संयुक्त पावर ३५० पीएस रहेको छ । यसको पीकटर्क भने ६४८ एनएम हो ।

कम्पनीले ट्याङ्क ३०० को मूल्य १ करोड ८५ लाख रुपैयाँ र ट्याङ्क ५०० को २ कराेड २५ लाख रुपैयाँ रहेको छ । यी दुबै मोडल अहिले इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता प्रमुख बजारहरूमा बिक्री हुँदै आएको छ ।


Back_to_top