ग्राहकको बजेट अनुसार ईभी दिँदै टाटा, नयाँ प्रोडक्टसँगै थप बलियो बन्ने

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा ग्राहकको मूल्य अनुसारको विद्युतीय गाडी (ईभी)उपलब्ध गराउँदै आएको छ । कम्पनीले अहिले २१ लाखदेखि ४६ लाख रुपैयाँसम्मका ईभी बिक्री गर्दै आएको हो ।

कम्पनीले निकट भविष्यमा नै १ करोड मूल्यसम्मका विद्युतीय कार बजारमा ल्याउने गरी काम गरिरहेको देखिन्छ । अहिले बजारमा सानो ह्याचब्याक कारदेखि ट्याक्सीको लागि एक्सप्रेस टी र एसयूभीमा नेक्सन ईभी उपलब्ध गराउँदै आएको छ ।

Tiago ev

टियागो ह्याचब्याक ईभीमा आएसँगै नेपाली बजारमा साना कारको बजार हिस्सा नै बढाउन सफल भएको छ । कम्पनीले नेपाल ल्याउन सुरू गरेको ५ महिना भित्रै १ हजारभन्दा बढी यूनिट टियागो ईभी नेपाल ल्याइसकेको छ ।

ट्याक्सीमा एक्सप्रेस–टीले निकै राम्रो गरिरहेको देखिन्छ । सेडान ईभीको रूपमा बिक्री हुँदै आएको टिगोरले पनि राम्रै संख्यामा बिक्री पाएको छ । नेक्सन ईभी अहिले पनि काठमाडौंका सडकमा सबैभन्दा धेरै उपलब्ध मोडल हो । समग्रमा कम मूल्यमा राम्रो डिजाइनका कार उपलब्ध गराएको कारण नेपालमा टाटा प्यासेन्जर कार सेग्मेन्टमा पनि पहिलो ब्राण्ड बन्न सफल भएको देखिन्छ ।

आउँदै दुई नयाँ ईभी

सिप्रदीले भारतमा तयार रहेको दुई विद्युतीय मोडल नेपाल ल्याउने छ । कम्पनीले पन्च ईभी र फेसलिफ्ट नेक्सन तत्कालै नेपाल ल्याउन सक्ने अवस्थामा रहेका मोडल हुन् ।

नेक्सन ईभी बजारमा बलियो पकड बनाएको तर, मूल्यका हिसाबले केही महंगो भएको कारण कम्पनीले पन्च ईभीलाई चाँडै नेपाल ल्याउन सक्ने देखिन्छ । पन्च ईभी नेपाली बजारमा ३० लाखदेखि ४० लाख रुपैयाँ भित्रको मूल्यमा आउने हो भने यसले एक पटक कम मूल्यको इलेक्ट्रीक एसयूभी खोज्नेको आवश्यकता पूरा गर्नेछ ।

त्यसपछि नेक्सन ईभी आउँदा नै २१ लाखदेखि ४६ लाख रुपैयाँसम्मको धेरै छनोट ग्राहकले पाउने छन् । साथै, निकट भविष्यमा नै कम्पनीले भारतमा कर्भ र ह्यारियर ईभी बिक्री सुरू गर्ने तयारी गरिरहेको छ । यी दुई मोडल नेपाल आएसँगै टाटा विद्युतीय सेग्मेन्टमा थप मजबुत बन्नेछ ।

लगानी बढाउँदै

सिप्रदी ट्रेडिङले ईभी पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको छ । कम्पनीले चार्जिङ स्टेशन निर्माण, व्यवस्थित र सुविधा सम्पन्न सर्भिस सेन्टर निर्माण लगायत ईभीको इको सिस्टमा लगानी बढाउँदै लगेको छ ।

पूर्वाधार र बलियो प्रोडक्ट रेन्जको साहायतामा टाटाले नेपाली बजारमा आफूलाई थप बलियो बनाउँदै लाने निश्चित देखिन्छ ।


Back_to_top